सुदुरपश्चिम विशेष

कैलालीमा मोटरसाईकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

कैलालीमा मोटरसाईकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

कैलाली । कैलालीमा मोटरसाईकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको गौरीगंगा नगरपालिका १ निवासी लालबहादुर बोहराका अन्दाजी ९ वर्षीया छोरा युबराज बोहरा रहेका छन । गौरीगंगा नगरपालिका १ गोप्का स्थित बाँकको नेपालगंज ७ का २६ वर्षीय शैलेन्द्र श्रेष्टले चलाएको बा.प्र.०२–०२८ प ४४६० नम्बरको मोटरसाईकलले मंगलवार दिउँसो ठक्कर दिँदा बालक गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाईते भएका बालकको उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले बताएको हो। मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
पुरा पढ्नुहाेस्
बर्दगोरियामा नयाँ आधार नेपालको आयोजनामा १ दिवसीय अभिमुखिकरण कार्यशाला सम्पन्न

बर्दगोरियामा नयाँ आधार नेपालको आयोजनामा १ दिवसीय अभिमुखिकरण कार्यशाला सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको नयाँ आधार नेपालले "समावेशी मञ्चका प्रतिनिधिहरूलाई जनवकालत सीप र नेतृत्व बिकास सम्बन्धि एक दिवसीय अभिमुखिकरण कार्यशाला" कार्यक्रम सम्पन्न गरेको छ । नयाँ आधार नेपालको आयोजना र द-फ्रीडम फण्ड को आर्थिक सहयोगमा आइतबार पालिकाको वडा नम्बर २ मा उक्त एक दिवसीय अभिमुखिकरण कार्यशाला सम्पन्न गरेको हो । अभिमुखिकरण कार्यशालामा समाजमा गएर जनवकालत कसरी गर्ने ? कानुनी व्यवस्था कस्तो छ ? समाजलाई कसरी नयाँ आधुनिक परिवेश तर्फ डोर्‍याउन सकिन्छ ? भन्ने आदि सम्बन्धि बालराम भट्टराईले प्रशिक्षण दिएका थिए । नयाँ आधार नेपालका अध्यक्ष बाल कुमारी सुनारको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यशालामा संस्थाका वडा…
पुरा पढ्नुहाेस्
कर्णाली चिसापानीमा एक जनाको शव बेवारिसे अवस्थामा फेला

कर्णाली चिसापानीमा एक जनाको शव बेवारिसे अवस्थामा फेला

बर्दगोरिया। कैलालीको लम्कीचुहा नगरपालिका-३ स्थित कर्णाली चिसापानीमा एक जना पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय लम्कीका अनुसार आज दिउँसो करिव १२:३० बजे कर्णाली नदीको पश्चिम किनारामा अन्दाजी ५५/६० वर्ष एक पुरुषको शव फेला परेको हो । प्रहरीका अनुसार वर्ण गोरो, गोलो अनुहार भएको, नाक थेप्चो, फुलेका दाह्रि , जुंगा फुलेको, कान ठुला भएको, कम्मरमा कण्डे डोरी र जनाई लागाएको, घाटीमा सेतो रंगको सुर्के थैली भएको, माथिल्लो शरिरमा सेतो रंगको हाप टिसर्ट र तल्लो शरिरमा निलोमा सेतो रातो धर्के ट्राउजर लगाएको, उचाई ५ फिट ८ ईन्च,कपाल हल्का फुलेको पुरुषको शव फेला परेको र उक्त शवको पहिचान…
पुरा पढ्नुहाेस्
डोटीमा  एक जना मृत अवस्थामा फेला

डोटीमा  एक जना मृत अवस्थामा फेला

कैलाली । डोटीको जोरायल गाउँपालिकामा एक जना मृत अवस्थामा फेला परेका छन्। समाचार स्रोतका अनुसार मृत्यु हुनेमा जोरायल गाउँपालिका-६ कि स्थानीय वासी ६४ वर्षीय यज्ञबहादुर छेडाल रहेका छ्न । उनी आइतवार मृत अवस्थामा फेला परेका हुन्। दहदेखि होलिसैन जाने गोरेटो बाटोदेखि अन्दाजी २५ फिट तल खोल्सोमा छेडाल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। यस  सम्बन्धमा ईलाका प्रहरी कार्यालय बिपिनगर डोटीबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहाेस्
बझाङ उपनिर्वाचनको मतगणना जारी, नेपाली कांग्रेसको अग्रता कायमै

बझाङ उपनिर्वाचनको मतगणना जारी, नेपाली कांग्रेसको अग्रता कायमै

बझाङ । बझाङ क्षेत्र १ अन्तरगत प्रदेश सभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । जारी मतगणना अनुसार २० हजार ८०४ मत गन्दा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ७ हजार ८४० मत ल्याएर शीर्ष स्थानमा छन । उनलाई नेकपा एमालेका दमनबहादुर भण्डारीले ७ हजार ५५७ मत ल्याउँदै पछ्याइरहेका छन् । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले २ हजार ९३५ मत ल्याएका छन, भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १५१ मत ल्याएका छन् ।
पुरा पढ्नुहाेस्
मोहन्याल गाउँपालिकाको शिक्षा समिती सदस्यमा जैशी मनोनीत

मोहन्याल गाउँपालिकाको शिक्षा समिती सदस्यमा जैशी मनोनीत

बर्दगोरिया । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ मा रहेको भैरवमाला माध्यमिक विद्यालयका बिधालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र जैशी गाउँपालिका अन्तरगत शिक्षा समितिको सदस्यमा मनोनीत भएका छन । आइतबार मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यक्षले गाउँपालिका शिक्षा ऐन २०७९ बमोजिम शैक्षिक सत्र २०८१ का लागि जैशीलाई पालिकाको शिक्षा समिति सदस्यमा मनोनीत गरेका हुन । शिक्षा समितीमा मनोनीत भए सँग जैशीले आफुलाई जुन अपेक्षा सहित पालिकाले विश्वास गरि शिक्षा समितीको सदस्यमा मनोनीत गरेको छ, उक्त कार्यमा आफू निस्वार्थ पुर्ण आफ्नो कर्तव्य पूरा गर्ने बताए । जैशीले नौलो प्रेस सँग कुरा गर्दै- "म बिगतका दिनहरुमा पनि शिक्षा क्षेत्र लगाएत पालिकाका विभिन्न सामाजिक कार्यमा…
पुरा पढ्नुहाेस्
घोडाघोडी बहुमुखी क्याम्पसमा प्रशासनिक कर्मचारी तथा प्राध्यापकका लागि आयोजित क्षमता अभिवृद्धि तालिम सम्पन्न

घोडाघोडी बहुमुखी क्याम्पसमा प्रशासनिक कर्मचारी तथा प्राध्यापकका लागि आयोजित क्षमता अभिवृद्धि तालिम सम्पन्न

कैलाली। घोडाघोडी बहुमुखी क्याम्पसमा प्रशासनिक कर्मचारी तथा प्राध्यापकका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा आज शनिबार तीन दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको हो । विश्वविध्यालय अनुदान आयोगको सहयोगमा घोडाघोडी बहुमुखी क्याम्पसले कैलाली र कञ्चनपुरका ११ वटा क्याम्पसको सहभागितामा क्षमता अभिवृद्धि तालिम सञ्चालन गरेको थियो । कैलाली र कञ्चनपुर जिल्लाका १८ क्याम्पसलाई सहभागिताका लागि पत्राचार गरिएकोमा ११ वटा क्याम्पसका प्राध्यापक तथा कर्मचारीको उपस्थिति रहेको आयोजकले  जनाएको छ । तालिममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायमा सहायक डिन डा. श्रीकृष्ण खरेल, त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालय प्रमुख सागर राज सुवेदीले प्रस्तुति दिएका थिए । यस्तै…
पुरा पढ्नुहाेस्
बर्दगोरियाले भन्यो जथाभावी आगो नलगाउनुस: सुचनाको अवज्ञा गरे यस्ता कारवाही हुने

बर्दगोरियाले भन्यो जथाभावी आगो नलगाउनुस: सुचनाको अवज्ञा गरे यस्ता कारवाही हुने

बर्दगोरिया । पछिल्लो केही दिन यता बर्दगोरिया गाउँपालिका लगाएत कैलाली विभिन्न स्थानमा आगलागी घटनाहरुले तीब्र रुप लिइएको छ । आगलागीका घटनाहरुले तिब्र गति सँगै त्यसबाट हुने क्षतिलाई रोकथाम गर्ने उद्देश्यले बर्दगोरिया गाउँपालिकाले जथाभावी रुपमा खेतबारीमा आगो नलगाउन एक सूचना जारी गर्दै गाउँपालिका वासीहरुलाई अनुरोध गरेको छ । सूचनामा यस्तो भनिएको छ । विपद् जोखिममा विशेषतः आगलागीको समस्या बढी रहेको हालको अवस्थामा बढी हावाहुरी चल्ने तथा गहुँ बाली भित्र्याउने समय भएको र कृषकहरुले गहुँ कटान गरी सकेपछि त्यसको खुटी/ नल/छवाली खेतमै आगो लगाउने चलनले गर्दा भित्र्याउन बाँकी रहेको गहुवाली तथा मानव वस्तीहरुमा समेत आगलागी हुन गई धनजनको क्षति भईरहेको तथा हुन…
पुरा पढ्नुहाेस्
घोडाघोडीमा आयो आर.एस.बुटिक एण्ड ट्रेनिङ्ग सेन्टर संचालनमा

घोडाघोडीमा आयो आर.एस.बुटिक एण्ड ट्रेनिङ्ग सेन्टर संचालनमा

घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ स्थित सुखड बजारमा आर.एस.बुटिक एण्ड ट्रेनिङ्ग सेन्टर संचालनमा आएको छ । झन्डै ५ लाखको लगानीमा जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ९ निवासी शान्ती चौधरी लगाएत ४ जनाको समूहले सो बुटिक संचालनमा ल्याएको हो । बुधबार उक्त बुटिक एन्ड ट्रेनिङ्ग सेन्टरको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले उद्घाटन गरेका छ्न । सो क्रममा उनले पछिल्लो समय नेपालमा फस्टाउँदो व्यवसाय मध्येको एक मानिने बुटिक व्यवसायले रोजगारीका लागि विदेशिन लागेका थुप्रै युवा पुस्तालाई नेपालमै स्वरोजगार बन्न मद्दत गरेको भन्दै व्यवसायप्रति लगनशील भएर लाग्न आग्रह गरेका छ्न । उनले बुटिकका डिजाइनेबल…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ मा बैशाख  १६ गते देखि श्रीमद्भागवत कथा लाग्दै

बर्दगोरिया-६ मा बैशाख  १६ गते देखि श्रीमद्भागवत कथा लाग्दै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा न ६ स्थित पृथ्वीपुर गाउँमा श्रीमद्भागवत कथा  हुने भएको छ। पृथ्वीपुर गाउँ समाजको आयोजनामा यहीँ बैशाख  १६ गते देखि २२ गते सम्म उक्त श्रीमद्भागवत कथा संचालन हुने लागेको आयोजक समितिले जानकारी दिएको छ । विगत २१ सय वर्ष देखि लाग्दै आएको श्रीमद्भागवत यस पटक भजन कृतन, रामलीला र भारतको चर्चित  पण्डित लभकुश द्वारा श्रीमद्भागवत रामायण कथाको पनि प्रस्तुती रहने भएको हो । यश ठाउँमा परापुर्बकाल देखिनै श्रीमद्भागवत कथा लाग्ने गरेको छ । पृथ्वीपुर गाउँका भल्मान्साले भने , ‘विशेष त थारुसमुदायमा   श्रीमद्भागवत कथा गरेर मात्र खेतीपातीको काम गर्छन् ।  श्रीमद्भागवत कथा गाउँभरीका समाज सबै मिलेर…
पुरा पढ्नुहाेस्