बर्दगोरियामा नयाँ आधार नेपालको आयोजनामा १ दिवसीय अभिमुखिकरण कार्यशाला सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको नयाँ आधार नेपालले “समावेशी मञ्चका प्रतिनिधिहरूलाई जनवकालत सीप र नेतृत्व बिकास सम्बन्धि एक दिवसीय अभिमुखिकरण कार्यशाला” कार्यक्रम सम्पन्न गरेको छ ।

नयाँ आधार नेपालको आयोजना र द-फ्रीडम फण्ड को आर्थिक सहयोगमा आइतबार पालिकाको वडा नम्बर २ मा उक्त एक दिवसीय अभिमुखिकरण कार्यशाला सम्पन्न गरेको हो ।

अभिमुखिकरण कार्यशालामा समाजमा गएर जनवकालत कसरी गर्ने ? कानुनी व्यवस्था कस्तो छ ? समाजलाई कसरी नयाँ आधुनिक परिवेश तर्फ डोर्‍याउन सकिन्छ ? भन्ने आदि सम्बन्धि बालराम भट्टराईले प्रशिक्षण दिएका थिए ।

नयाँ आधार नेपालका अध्यक्ष बाल कुमारी सुनारको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यशालामा संस्थाका वडा नम्बर १ र २ का अध्यक्ष तथा प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।

अभिमुखिकरण कार्यशालालाई सम्बोधन गर्दै संस्थाकि अध्यक्ष सुनारले संस्थालाई कसरी बलियो बनाएर व्यक्ति तथा समाज परिवर्तन गर्न सकिन्छ ? भन्ने कुरामा संस्थाको विशेष ध्यान केन्द्रिय भएको बताउदै । सर्वप्रथम आफू परिवर्तन हुन जरुरी भएको बताइन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार