बझाङ उपनिर्वाचनको मतगणना जारी, नेपाली कांग्रेसको अग्रता कायमै

बझाङ । बझाङ क्षेत्र १ अन्तरगत प्रदेश सभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ ।

जारी मतगणना अनुसार २० हजार ८०४ मत गन्दा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ७ हजार ८४० मत ल्याएर शीर्ष स्थानमा छन ।

उनलाई नेकपा एमालेका दमनबहादुर भण्डारीले ७ हजार ५५७ मत ल्याउँदै पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले २ हजार ९३५ मत ल्याएका छन, भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १५१ मत ल्याएका छन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार