कर्णाली चिसापानीमा एक जनाको शव बेवारिसे अवस्थामा फेला

बर्दगोरिया। कैलालीको लम्कीचुहा नगरपालिका-३ स्थित कर्णाली चिसापानीमा एक जना पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ ।

ईलाका प्रहरी कार्यालय लम्कीका अनुसार आज दिउँसो करिव १२:३० बजे कर्णाली नदीको पश्चिम किनारामा अन्दाजी ५५/६० वर्ष एक पुरुषको शव फेला परेको हो ।

प्रहरीका अनुसार वर्ण गोरो, गोलो अनुहार भएको, नाक थेप्चो, फुलेका दाह्रि , जुंगा फुलेको, कान ठुला भएको, कम्मरमा कण्डे डोरी र जनाई लागाएको, घाटीमा सेतो रंगको सुर्के थैली भएको, माथिल्लो शरिरमा सेतो रंगको हाप टिसर्ट र तल्लो शरिरमा निलोमा सेतो रातो धर्के ट्राउजर लगाएको, उचाई ५ फिट ८ ईन्च,कपाल हल्का फुलेको पुरुषको शव फेला परेको र उक्त शवको पहिचान गर्नुहुनेले इप्रका लम्कीमा सम्पर्क गर्न लागि आग्रह गरिएको छ ।

शव टीकापुर अस्पतालको शव गृहमा राखिएको र सनाखत गर्न सक्नेले ईलाका प्रहरी कार्यालय लम्कीको फोन नं. ०९१-५४०१९९ वा ९८५८४९०३०३ सम्पर्क गर्न अनुरोध गरिएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार