बर्दगोरिया-६ मा बैशाख  १६ गते देखि श्रीमद्भागवत कथा लाग्दै

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा न ६ स्थित पृथ्वीपुर गाउँमा श्रीमद्भागवत कथा  हुने भएको छ।

पृथ्वीपुर गाउँ समाजको आयोजनामा यहीँ बैशाख  १६ गते देखि २२ गते सम्म उक्त श्रीमद्भागवत कथा संचालन हुने लागेको आयोजक समितिले जानकारी दिएको छ ।

विगत २१ सय वर्ष देखि लाग्दै आएको श्रीमद्भागवत यस पटक भजन कृतन, रामलीला र भारतको चर्चित  पण्डित लभकुश द्वारा श्रीमद्भागवत रामायण कथाको पनि प्रस्तुती रहने भएको हो ।

यश ठाउँमा परापुर्बकाल देखिनै श्रीमद्भागवत कथा लाग्ने गरेको छ । पृथ्वीपुर गाउँका भल्मान्साले भने , ‘विशेष त थारुसमुदायमा   श्रीमद्भागवत कथा गरेर मात्र खेतीपातीको काम गर्छन् ।  श्रीमद्भागवत कथा गाउँभरीका समाज सबै मिलेर गराउने गर्छ्न खासमा यसको फाइदा गाउँमा कुनै प्रकारको रोग नहोस , लामखुट्टेहरुको संक्रमण नहोस, खेतीपातीमा कुनै प्रकारको रोग नलागोस , धानबाली राम्रो होस भनेर    श्रीमद्भागवत कथा राख्छन् पहिला पहिला हैजा मलेरिया जस्ता रोग लाग्दा खेरी श्रीमद्भागवत कथाको सुरुवात गरिएको हो ।

तर हल कैलालीका विभिन्न गाउँमा श्रीमद्भागवत कथा नलगाउने प्रबृत्ति धेरै बढिरहेको देखिन्छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार