थप २ दिन थपियो बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सवको
बर्दगोरिया । कैलालीको बौनियामा जारी सातौं संस्करणको ‘बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव’२०८१ को समय दुईदिन थप गरिएको छ । कृषि, व्यापार, संस्कृति र विकास, निर्माणाधीन सेती लोकमार्गको निकास’ भन्ने नाराका साथ यही पौष ९ गतेदेखि बौनियामा जारी महोत्सवको समय दुईदिन थप गरिएको हो ।आयोजक बौनिया बजार व्यवस्थापन समितिकाअनुसार पौष १८ गतेसम्म संचालन हुने भनिएको महोत्सव पौष २० गतेसम्मको समय थपिएको हो । महोत्सव अबलोकन गर्ने दर्शकको मागबमोजिम समय थप गरिएको आयोजकले जनाएको छ । निर्माणधिन सेती लोकमार्गको निर्माण कार्यलाई तिब्रता दिन दबाब स्वरुप सातौ स्करणको सेती लोकमार्ग पहिचान महोत्सव २०८१ को पौष ९ गते सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले…
















