डोटीमा  एक जना मृत अवस्थामा फेला

कैलाली । डोटीको जोरायल गाउँपालिकामा एक जना मृत अवस्थामा फेला परेका छन्।

समाचार स्रोतका अनुसार मृत्यु हुनेमा जोरायल गाउँपालिका-६ कि स्थानीय वासी ६४ वर्षीय यज्ञबहादुर छेडाल रहेका छ्न ।

उनी आइतवार मृत अवस्थामा फेला परेका हुन्। दहदेखि होलिसैन जाने गोरेटो बाटोदेखि अन्दाजी २५ फिट तल खोल्सोमा छेडाल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

यस  सम्बन्धमा ईलाका प्रहरी कार्यालय बिपिनगर डोटीबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार