कैलालीमा मोटरसाईकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

कैलाली । कैलालीमा मोटरसाईकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको गौरीगंगा नगरपालिका १ निवासी लालबहादुर बोहराका अन्दाजी ९ वर्षीया छोरा युबराज बोहरा रहेका छन ।

गौरीगंगा नगरपालिका १ गोप्का स्थित बाँकको नेपालगंज ७ का २६ वर्षीय शैलेन्द्र श्रेष्टले चलाएको बा.प्र.०२–०२८ प ४४६० नम्बरको मोटरसाईकलले मंगलवार दिउँसो ठक्कर दिँदा बालक गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घाईते भएका बालकको उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले बताएको हो। मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार