बर्दगोरिया-५ मा वडा स्तरीय फुटबल प्रतियोगिता शुरु
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद ,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगिता सुरु भएको हो । सहयोगी बेलुवा युवा कल्बको आयोजनामा सुरु भएको प्रतियोगिताको बिहिवार गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गरेका छ्न । प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष कुवरले बर्दगोरियालाई खेलकुद र खेलाडीको वृद्धि विकासका लागि आफुले विशेष काम थाल्ने बताए । उनले बर्दगोरियामा खेलकुदको विकास गरि दक्ष खेलाडी उत्पादनका लागि आफुले नैतिक भौतिक रूपमा सहयोग गर्ने बताए । क्लबका अध्यक्ष महेश रावलको सभाध्यक्षतामा भएको कार्यक्रममा सडकपुर बौनिया युवा क्लबका अध्यक्ष जीवन…















