ब्रेकिङ न्युज

Featured posts

श्री बसन्त मुरारी नमुना मा.विको २० औ बार्षिकोत्सव : पुर्ब विद्यार्थी ,शिक्षक र अभिभावक सम्मानित

श्री बसन्त मुरारी नमुना मा.विको २० औ बार्षिकोत्सव : पुर्ब विद्यार्थी ,शिक्षक र अभिभावक सम्मानित

बौनिया / कैलालीको बर्दगोरिया गाउपालिकामा रहेको बसन्त मुरारी नमुना माध्यमिक विद्यालयले आफ्ना पुर्ब विद्यार्थी ,अभिभावक र शिक्षकलाई सम्मान गरेको छ । विद्यालयले आफ्नो २० औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर ३ जना पूर्व विद्यार्थीहरू ,एक जना कुशल अभिभावक र एक जना शिक्षकलाई सम्मान गरेको हो । सम्मानित हुनेमा बिधालयमा लामो समय अध्यापन गराएका शिक्षक महेश्वर बिनाडी, कुशल अभिभावक भुपेन्द्र मल्ल , पुर्ब विद्यार्थी हाल लम्की चुहा नगरपालिका कृषि अधिकृत बिक्रम चौधरी , पुर्ब बिद्यार्थी तथा पत्रकार लोकेन्द्र सिंह ठकुरी, पुर्ब विद्यार्थी तथा सडकपुर बौनिया युवा क्लबका अध्यक्ष जीवन बि सि सम्मानित भएका हुन । अध्ययन गरेको लामो समय पछि…
पुरा पढ्नुहाेस्
राष्ट्रिय कलेजको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका सुन्दर गौतमको उम्मेदवारी

राष्ट्रिय कलेजको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका सुन्दर गौतमको उम्मेदवारी

बाैनिया/ कैलालीको घोडाघोडी नगरपालिकाको सुखडमा अवस्थित राष्ट्रिय कलेजको स्ववियु सभापतिमा नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी बाट सभापति पदमा सुन्दर गौतमले आफ्नो उम्मेदवारी दर्ता गरेका छन । आसन्न चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिका लागि जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ निवासी कुसल, इमानदार, तथा शिक्षा प्रेमी सुन्दर गौतमले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन । सभापति पदका उम्मेदवार रहेका गौतमले आसन्न चैत्र ५ गतेको स्ववियु निर्वाचन भनेको कलेज तथा आम विद्यार्थीहरुको आगामी भविष्य सङ्ग जोडिएको हुँदा उक्त कार्यभार निस्वार्थ पुर्ण आफुले निभाउन सक्ने भएकाले आफुले आफ्नो उम्मेदवारी सभापतिका पदका लागि दर्ता गराएको नौलो प्रेस सङ्ग…
पुरा पढ्नुहाेस्
जनउत्थान लघु बुत्त बित्तीय संस्था लि.ले दियो बर्दगोरियामा व्यवसायीक बेमौसमी तरकारी खेती सम्बन्ध तालीम

जनउत्थान लघु बुत्त बित्तीय संस्था लि.ले दियो बर्दगोरियामा व्यवसायीक बेमौसमी तरकारी खेती सम्बन्ध तालीम

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा २ दिने व्यवसायीक बेमौसमी तरकारी खेती सम्बन्ध तालीम सम्पन्न भएको छ । जन उत्थान सामुदायिक लघुबित्त वित्तीय संस्था लिमिटेड कोटातुस्लीपुर शाखा को आयोजनामा भएको तालिमको आज एक कार्यक्रमका बीच समापन गरिएको हो । तालीममा बर्दगोरिया गाउँपालिका, जोशीपुर गाउँपालिका र लम्की चुहा नगरपालिका का ३० समुहका ३० जना महिलाको सहभागी रहेको थियो । शाखा प्रमुख नरेश कुमार बोहराको अध्यक्षतामा सम्पन्न भएको तालीमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा सदस्य रामचन्द्र कठरिया रहेका थिए । कार्यक्रम प्रमुख अतिथिको आसन बाट बोल्दै वडा सदस्य कठरियाले पछिल्लो समयमा मानिसमा लघुबित्त भन्ने शब्द सुन्दा पनि निराशाजनक भएको…
पुरा पढ्नुहाेस्
सिमा विवाद; जनतामा भ्रामक अभिव्यक्त दिएको भन्दै (माओवादी केन्द्र) मोहन्यालको गम्भीर ध्यानाकर्षण; विज्ञप्ति सहित

सिमा विवाद; जनतामा भ्रामक अभिव्यक्त दिएको भन्दै (माओवादी केन्द्र) मोहन्यालको गम्भीर ध्यानाकर्षण; विज्ञप्ति सहित

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका र लम्की चुहा नगरपालिका को सिमा विवादको विषयमा लम्की चुह नगपालिक वडा नम्बर ३ का अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता लव बहादुर शाहीले जनतामा भ्रमित अभिव्यक्त दिएको भन्दै नेकपा माओवादी केन्द्र मोहन्यालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले शनिबार एक विज्ञप्ति सार्वजनिक गर्दै वडा अध्यक्ष शाहीले मालिका टेलिभिजन मार्फत आम जनतामा मोहन्याल र लम्कीचुहा नगरपालिका सिमाको बिषयमा भ्रामक अभिव्यक्त दिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पछिल्लो समयमा चुरेको फेदमुनि बाट नदिजन्य पदार्थ ( ढुङ्गा, बालुवा) को रोयल्टी संकलन बारे विवाद भएको थियो । जसको समस्या समाधानको लागि लम्की चुहा नगरपालिकाकी नगर प्रमुख…
पुरा पढ्नुहाेस्
वाइसियल कैलालीले बुझायो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

वाइसियल कैलालीले बुझायो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

कैलाली । नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसियलले प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यलय पुगेर वाइसियल संयोजनक भेषराज जैशिको टोलीले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् । गणतन्त्रलाई संस्थागत विकास गर्न र शान्ति प्रक्रियाका बाँकी कार्यहरु तार्किक निष्कर्षमा पुर्याउनु पर्ने बेला केहि अवान्छित तत्वहरु सक्रिय भइरहेको सन्दर्भमा संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रमुख जिल्ला अधिकारी मार्फत पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । अहिलेसम्मका उपलब्धिविरुद्ध षड्यन्त्रकारी, व्यवस्था विरोधी, अराजक, अस्वभाविक गतिविधिहरुको नियन्त्रण गर्न र संविधानको रक्षा, विकास र व्यवस्थाको सुदृढीकरणका लागि सरकार समक्ष माग गरेका छन् । शान्ति र स्थायित्व निर्माण गर्न तत्कालीन सरकार र…
पुरा पढ्नुहाेस्
रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

काठमाडौँ । कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाएका हुन भने नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाए । यस्तै पाँच मत भने बदर भएको छ ।
पुरा पढ्नुहाेस्
राष्ट्रपति निर्वाचन, दुई पूर्वसभामुख बीच कडा प्रतिस्पर्धा

राष्ट्रपति निर्वाचन, दुई पूर्वसभामुख बीच कडा प्रतिस्पर्धा

काठमाडौँ । आज मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि मतदान हुँदैछ ।निर्वाचन आयोगका अनुसार मतदान प्रक्रिया आज बिहान १० देखि दिउँसो ३ बजेसम्म चल्ने छ । सङ्घीय संसद् अन्त्रगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सात वटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । निर्वाचन कार्यालयका अनुसार मतदान ‘बिहान १० बजे देखी मतदान सुरु हुनेछ र ३ बजे भित्र सम्पन्न हुनेछ,’ सो अवधिमा ‘मतदानका लागि ३ बजे भित्र लाइन बसिसकेका सांसदले मतदान गर्न पाउनेछन्, तीन बजे पछि उपस्थित मतदाता भने मतदानबाट बञ्चित हुनेछन् ।' राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेशतर्फका ८ सय ४२ सांसदले मतदान गर्नेछन् । मतदान सम्पन्न भएपछि भोलि नै ४ बजेदेखि मतगणना…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा पनि भव्य रूपमा मनाइयो ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (तस्बिर)

बर्दगोरियामा पनि भव्य रूपमा मनाइयो ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (तस्बिर)

काठमाडौं । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कैलालीको बर्दगोरिया गाउँपालिकामा पनि भव्य रुपमा मनाएको छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । जस अनुसार आज बर्दगोरिया गाउँपालिका महिला विकास शाखाको आयोजनामा पनि उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको हो । न्यायीक समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर रहेका थिए । महिला बिकास शाखा प्रमुख पानमति रानाको स्वागत मतव्य सङ्गै शुरु भएको कार्यक्रममा विभिन्न वडाका महिला समुहले विभिन्न भेषभुषा झल्काउने गरि आआफ्नो कला प्रस्तुत गरेका थिए । कार्यक्रमको शुरुआत अघि सडकपुर…
पुरा पढ्नुहाेस्
धर्ती र माटोको कसम खादै मुख्यमन्त्री शाहले भने सुदुरपस्चिमको बिकासमा दत्तचित्त भएर लाग्छु

धर्ती र माटोको कसम खादै मुख्यमन्त्री शाहले भने सुदुरपस्चिमको बिकासमा दत्तचित्त भएर लाग्छु

बर्दगोरिया । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समग्र विकास र समृद्धिका लागि आफू पुर्ण रूपमा बफादार भएर लागिपर्ने बताएका छ्न । सोमबार कैलालीको बर्दगोरियामा नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँ कार्यसमितिले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । मुख्य मन्त्री शाहीले जेष्ठ नागरिक तथा नेपाली काङ्ग्रेसकि क्रियाशिल सदस्य टङकेस्वरी भण्डारीको हातबाट कैलाली क्षेत्र नम्बर २ को माटोको टीका ग्रहण गर्दै यश धर्ति र माटोको कसम खादै समग्र सुदुरपश्चिमबासीको हीतमा दत्ताचित्त भयर लागिपर्ने बताए । उनले जिवनमा आफुले लिनुपर्ने केही कुरा नभएको भन्दै जनताले दिएको अमुल्य अभिमतको कदर गर्दै यहाँका जनताको शुख ,समृद्धि र विकासका…
पुरा पढ्नुहाेस्
(माओवादी केन्द्र) बर्दगोरिया गाउँ कमिटीको कार्यकर्ता प्रशिक्षण तथा सहिद सप्ताह कार्यक्रम सम्पन्न

(माओवादी केन्द्र) बर्दगोरिया गाउँ कमिटीको कार्यकर्ता प्रशिक्षण तथा सहिद सप्ताह कार्यक्रम सम्पन्न

बर्दगोरिया । नेकपा (माओवादी केन्द्र) बर्दगोरिया गाउँ कमिटीको कार्यकर्ता प्रशिक्षण तथा सहिद परिवारलाई सम्मान कार्यक्रम आइतबार सम्पन्न भएको छ। नेकपा (माओवादी केन्द्र) बर्दगोरिया गाउँ कमिटी अध्यक्ष राम बहादुर साउद (आयम) को सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिका रूपमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य बिमला सिंह रहेकी थिइन । यसैगरी कार्यक्रमको विशिष्ट अथितिका रूपमा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश सचिबालय सदस्य तथा बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेशराज गिरि (लालदिप) रहेका थिए । प्रशिक्षण कार्यक्रममा पार्टी प्रदेश सदस्य, जिल्ला सदस्य, पालिका सदस्य तथा नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीलाई प्रशिक्षण दिदै प्रमुख अथिती बिमला सिंहले पार्टीलाई कसरी सुदृढीकरण गरि पार्टीलाई मजबुत गरि…
पुरा पढ्नुहाेस्