राष्ट्रपति निर्वाचन, दुई पूर्वसभामुख बीच कडा प्रतिस्पर्धा

काठमाडौँ । आज मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि मतदान हुँदैछ ।निर्वाचन आयोगका अनुसार मतदान प्रक्रिया आज बिहान १० देखि दिउँसो ३ बजेसम्म चल्ने छ ।

सङ्घीय संसद् अन्त्रगतका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य तथा सात वटै प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । निर्वाचन कार्यालयका अनुसार मतदान ‘बिहान १० बजे देखी मतदान सुरु हुनेछ र ३ बजे भित्र सम्पन्न हुनेछ,’ सो अवधिमा ‘मतदानका लागि ३ बजे भित्र लाइन बसिसकेका सांसदले मतदान गर्न पाउनेछन्, तीन बजे पछि उपस्थित मतदाता भने मतदानबाट बञ्चित हुनेछन् ।’

राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रदेशतर्फका ८ सय ४२ सांसदले मतदान गर्नेछन् ।

मतदान सम्पन्न भएपछि भोलि नै ४ बजेदेखि मतगणना सुरु गरेर साँझ ७ बजेसम्म परिणाम घोषणा गर्ने तयारी गरेको आयोगले जनाएको छ ।

निर्वाचन आचार संहिताका कारण गए रातिदेखि चुनाव प्रचार प्रसारमा रोक लागेको छ । मतदानका बेला मतदाताका रुपमा रहेका संघीय र प्रदेश सांसदले मतदान स्थलमा मोबाइल फोन प्रयोग गर्न नपाईने भएको छ । निर्वाचनमा एक मतदान केन्द्रमा ७ जना कर्मचारी खटिनेछन् भने पर्याप्त मात्रामा सुरक्षाकर्मी खटिने छन ।

राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनबाट पूर्वसभामुखसमेत रहिसकेका नेपाली कांग्रेसका  वरिष्ठ नेता  रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको तर्फबाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुनेछ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार