श्री बसन्त मुरारी नमुना मा.विको २० औ बार्षिकोत्सव : पुर्ब विद्यार्थी ,शिक्षक र अभिभावक सम्मानित

बौनिया / कैलालीको बर्दगोरिया गाउपालिकामा रहेको बसन्त मुरारी नमुना माध्यमिक विद्यालयले आफ्ना पुर्ब विद्यार्थी ,अभिभावक र शिक्षकलाई सम्मान गरेको छ । विद्यालयले आफ्नो २० औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर ३ जना पूर्व विद्यार्थीहरू ,एक जना कुशल अभिभावक र एक जना शिक्षकलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा बिधालयमा लामो समय अध्यापन गराएका शिक्षक महेश्वर बिनाडी, कुशल अभिभावक भुपेन्द्र मल्ल , पुर्ब विद्यार्थी हाल लम्की चुहा नगरपालिका कृषि अधिकृत बिक्रम चौधरी , पुर्ब बिद्यार्थी तथा पत्रकार लोकेन्द्र सिंह ठकुरी, पुर्ब विद्यार्थी तथा सडकपुर बौनिया युवा क्लबका अध्यक्ष जीवन बि सि सम्मानित भएका हुन ।

अध्ययन गरेको लामो समय पछि विद्यालयले यसरी सम्मान गरेकोमा पूर्व विद्यार्थीहरू खुसी व्यक्त गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह रहेका थिए । यसै गरि बिशिस्ट अतिथिमा बर्दगोरिया गाउपालिका अध्यक्ष कर्ण कुँवर र पुर्ब ए आई जि कमल सिंह बम रहेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार