वाइसियल कैलालीले बुझायो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

कैलाली । नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसियलले प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यलय पुगेर वाइसियल संयोजनक भेषराज जैशिको टोलीले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

गणतन्त्रलाई संस्थागत विकास गर्न र शान्ति प्रक्रियाका बाँकी कार्यहरु तार्किक निष्कर्षमा पुर्याउनु पर्ने बेला केहि अवान्छित तत्वहरु सक्रिय भइरहेको सन्दर्भमा संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रमुख जिल्ला अधिकारी मार्फत पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

अहिलेसम्मका उपलब्धिविरुद्ध षड्यन्त्रकारी, व्यवस्था विरोधी, अराजक, अस्वभाविक गतिविधिहरुको नियन्त्रण गर्न र संविधानको रक्षा, विकास र व्यवस्थाको सुदृढीकरणका लागि सरकार समक्ष माग गरेका छन् ।

शान्ति र स्थायित्व निर्माण गर्न तत्कालीन सरकार र माओवादीबीच भएका १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संक्रमणकालीन न्यायकाविरुद्ध भइरहेका चलखेल र षड्यन्त्रप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार