सिमा विवाद; जनतामा भ्रामक अभिव्यक्त दिएको भन्दै (माओवादी केन्द्र) मोहन्यालको गम्भीर ध्यानाकर्षण; विज्ञप्ति सहित

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका र लम्की चुहा नगरपालिका को सिमा विवादको विषयमा लम्की चुह नगपालिक वडा नम्बर ३ का अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता लव बहादुर शाहीले जनतामा भ्रमित अभिव्यक्त दिएको भन्दै नेकपा माओवादी केन्द्र मोहन्यालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टीले शनिबार एक विज्ञप्ति सार्वजनिक गर्दै वडा अध्यक्ष शाहीले मालिका टेलिभिजन मार्फत आम जनतामा मोहन्याल र लम्कीचुहा नगरपालिका सिमाको बिषयमा भ्रामक अभिव्यक्त दिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पछिल्लो समयमा चुरेको फेदमुनि बाट नदिजन्य पदार्थ ( ढुङ्गा, बालुवा) को रोयल्टी संकलन बारे विवाद भएको थियो ।

जसको समस्या समाधानको लागि लम्की चुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाही र मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय, उपाध्यक्ष कमल साउद लगाएका जनप्रतिनिधि भेट वार्ता सहित समाधानको प्रक्रिया अगाडि बढाइरहेका छन ।

विज्ञप्ती जारि गर्दै पार्टीले जनतामा माझ झुटो तथा भ्रामक अभिव्यक्त आगामि दिनहरूमा नदिन पनि अनुरोध गरेको छ ।
यस्तो छ पुर्ण विज्ञप्ती…

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार