राष्ट्रिय कलेजको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका सुन्दर गौतमको उम्मेदवारी

बाैनिया/ कैलालीको घोडाघोडी नगरपालिकाको सुखडमा अवस्थित राष्ट्रिय कलेजको स्ववियु सभापतिमा नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी बाट सभापति पदमा सुन्दर गौतमले आफ्नो उम्मेदवारी दर्ता गरेका छन ।

आसन्न चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिका लागि जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ निवासी कुसल, इमानदार, तथा शिक्षा प्रेमी सुन्दर गौतमले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।

सभापति पदका उम्मेदवार रहेका गौतमले आसन्न चैत्र ५ गतेको स्ववियु निर्वाचन भनेको कलेज तथा आम विद्यार्थीहरुको आगामी भविष्य सङ्ग जोडिएको हुँदा उक्त कार्यभार निस्वार्थ पुर्ण आफुले निभाउन सक्ने भएकाले आफुले आफ्नो उम्मेदवारी सभापतिका पदका लागि दर्ता गराएको नौलो प्रेस सङ्ग कुरा गर्दै बताए हुन  ।

सोही क्रममा उनले आफु निर्वाचित भएपछि क्रमबद्ध रुपमा गर्ने कार्यहरु आफ्नो घोषणा पत्रमा उल्लेख गरेको बताए । पछिल्लो समय राष्ट्रिय कलेज प्रति आम अभिभावक तथा विद्यार्थीहरुमा नकारात्मक प्रभाव परेकोले त्यस्तालाई चिर्दै आम शिक्षाप्रेमी, अभिभावक तथा  विद्यार्थीहरुमा पुनः  सकारात्मक प्रभाव पर्ने गरि काम गर्ने बताए ।
शिक्षामा गुणस्तरीयता कायम गर्दै कलेको आन्तरिक श्रोत लाई चुस्त दुरुस्त राख्दै आर्थिक अवस्था कमजोरीका कारण शिक्षाबाट बन्चित रहेका विद्यार्थीलाई शुलभ शिक्षाको व्यवस्था गर्ने कार्यमा आफ्नो अहम भुमिका रहने बताए ।

यस्तै गौतमको प्यानलमा सचिवमा सम्झना चौधरी, कोषाध्यक्षमा चन्दा बि.क, सदस्यमा दिपेश थारु, निर्मला अधिकारी, गिता कुडमाल, माल्ती चौधरी र तिर्सना बोगटी रहेका छन ।

उनले हामी सँग कुराकानीको क्रममा आम सम्पुर्ण विद्यार्थीले स्वस्फूर्त रुपमा आफ्नो उम्मेदवारलाई विजयी गराउन पाउने अधिकार रहेको छ । आम विद्यार्थीहरुले आफ्नो कुसल नेतृत्व वर्ग छनोट गर्दा विशेष ध्यान दिनु पर्ने हुन्छ । सोही अनुसार राष्ट्रिय कलेजमा अध्ययनरत सम्पुर्ण विद्यार्थी वर्गले आफुलाई र आफ्नो सम्पूर्ण प्यानल लाई अत्यधिक बहुमतले बिजयी गराइदिन अनुरोध गर्दछु । आफु आफ्नो प्यानल सहित निर्वाचित भएको खण्डमा सम्पूर्ण विद्यार्थी तथा कलेजको हितमा रही निस्वार्थ पुर्ण काम गर्ने बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार