धर्ती र माटोको कसम खादै मुख्यमन्त्री शाहले भने सुदुरपस्चिमको बिकासमा दत्तचित्त भएर लाग्छु

बर्दगोरिया । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको समग्र विकास र समृद्धिका लागि आफू पुर्ण रूपमा बफादार भएर लागिपर्ने बताएका छ्न । सोमबार कैलालीको बर्दगोरियामा नेपाली काङ्ग्रेस बर्दगोरिया गाउँ कार्यसमितिले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।

मुख्य मन्त्री शाहीले जेष्ठ नागरिक तथा नेपाली काङ्ग्रेसकि क्रियाशिल सदस्य टङकेस्वरी भण्डारीको हातबाट कैलाली क्षेत्र नम्बर २ को माटोको टीका ग्रहण गर्दै यश धर्ति र माटोको कसम खादै समग्र सुदुरपश्चिमबासीको हीतमा दत्ताचित्त भयर लागिपर्ने बताए । उनले जिवनमा आफुले लिनुपर्ने केही कुरा नभएको भन्दै जनताले दिएको अमुल्य अभिमतको कदर गर्दै यहाँका जनताको शुख ,समृद्धि र विकासका लागि काम गर्ने प्रतिबद्धता जनाए ।

उनले देश संघीयतामा गईसकेपनी प्रदेश सरकार प्रतिको विस्वास अझैपनी जनताले अनुभुती गर्न नपाएको भन्दै आफुले त्यसको अनुभुती स्वरुप मेरो प्रदेश मेरो सरकारको आभास हुनेगरी काम गरेर देखाउने बताए । उनले समग्र हिसाबमा प्रदेश र यहाँका जनताको विकास ,शुसासन ,समृद्धि र उन्नतिका लागि अहोरात्र काम गर्ने बताए ।

मुख्य मन्त्री शाहले विकास र समृद्धिका लागि प्रयाप्त मात्रामा स्रोत साधन हुदाहुदै पनि विकासका गतिले सुदुरपश्चिम अगाडि बढ्न नसकेको भन्दै यहाँको कृषि ,पर्यटन ,धार्मिक तथा साकृतिक क्षेत्र सबैतर्फ समान तवरले विभिन्न कार्यक्रम संचालन गर्ने बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार