बर्दगोरियामा पनि भव्य रूपमा मनाइयो ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (तस्बिर)

काठमाडौं । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कैलालीको बर्दगोरिया गाउँपालिकामा पनि भव्य रुपमा मनाएको छ ।

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । जस अनुसार आज बर्दगोरिया गाउँपालिका महिला विकास शाखाको आयोजनामा पनि उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको हो ।

न्यायीक समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर रहेका थिए ।

महिला बिकास शाखा प्रमुख पानमति रानाको स्वागत मतव्य सङ्गै शुरु भएको कार्यक्रममा विभिन्न वडाका महिला समुहले विभिन्न भेषभुषा झल्काउने गरि आआफ्नो कला प्रस्तुत गरेका थिए ।

कार्यक्रमको शुरुआत अघि सडकपुर बौनिया बजार परिक्रमण गरि महिला हक अधिकार सम्बन्धि विभिन्न नारा लगाएका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार