जनउत्थान लघु बुत्त बित्तीय संस्था लि.ले दियो बर्दगोरियामा व्यवसायीक बेमौसमी तरकारी खेती सम्बन्ध तालीम

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा २ दिने व्यवसायीक बेमौसमी तरकारी खेती सम्बन्ध तालीम सम्पन्न भएको छ ।

जन उत्थान सामुदायिक लघुबित्त वित्तीय संस्था लिमिटेड कोटातुस्लीपुर शाखा को आयोजनामा भएको तालिमको आज एक कार्यक्रमका बीच समापन गरिएको हो ।

तालीममा बर्दगोरिया गाउँपालिका, जोशीपुर गाउँपालिका र लम्की चुहा नगरपालिका का ३० समुहका ३० जना महिलाको सहभागी रहेको थियो ।

शाखा प्रमुख नरेश कुमार बोहराको अध्यक्षतामा सम्पन्न भएको तालीमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा सदस्य रामचन्द्र कठरिया रहेका थिए ।

कार्यक्रम प्रमुख अतिथिको आसन बाट बोल्दै वडा सदस्य कठरियाले पछिल्लो समयमा मानिसमा लघुबित्त भन्ने शब्द सुन्दा पनि निराशाजनक भएको बेला यस लघु बित्त बित्तीय संस्थाले २ दिने मात्र भएनी समुहका महिलाहरुलाई स्वदेश तथा आफ्नै घर आगनमा रोजगारीको सृजना कसरी गर्ने? भन्ने बिषय लाई गम्भीरतापूर्वक लिइ व्यवसायीक बेमौसमी तरकारी खेती सम्बन्धि तालीम दिएकोमा खुसी व्यक्त गरे ।

सोही क्रममा उनले भने- लघु बित्तले महिलाहरुलाई कसरी ऋण दिने ? आफ्नो सावाँ तथा ब्याज कसरी असुली गर्ने ? भन्दा नि त्यो आफ्नो लगानी (ऋण) को कुन ठाउँमा प्रयोग भएको छ? महिलाहरूलाई सहजै ऋण तिर्ने व्यवस्था कसरी मिलाउन सकिन्छ ? ग्रामीण भेगका महिलाहरु लाई कसरी आत्मनिर्भर बनाइ ऋणको सहि सदुपयोग गर्ने बनाउने ? उनीहरुलाई कुन प्रकारको तालिमको आवश्यक छ ? भन्ने आदि बिषय आजको आवश्यकता रहेकोले यसमा विशेष ध्यान दिए मात्र लघु बित्तले आफ्नो लक्ष पुरा गर्न सक्ने बताए ।

कार्यक्रमको समापन गर्दै शाखा प्रमुख बोहराले प्रमुख अतिथिले दिएको सल्लाह सुझाव एकदमै सराहनीय भएको बताए । सोही अनुसार आगामी दिन हरुमा यो भन्दा नि राम्रा तथा छोटो समयमा कसरी ग्रामीण भेगमा बसोबास गर्ने आफ्ना सदस्यहरुको आर्थिक उन्नति कसरी गर्न सकिन्छ ? भन्ने विषयमा आफ्नो संस्थाको ध्यान पहिलो प्राथमिकता रहने गरि अगाडि बढ्ने प्रतिबद्धता गरे । साथ आफ्नो समुह तथा संस्थाको हित हुने कुनै पनि प्रकारका सल्लाह सुझाव रहे आफ्नो संस्थाको कार्यालयमा सम्पर्क राखि दिनहुन समेत अनुरोध गरे ।

तालिमको प्रशिक्षण बर्दगोरिया गाउँपालिका कृषि बिकास शाखाका प्राविधिक धिरेन्द्र चौधरी र नविना चौधरी दिएका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार