ब्रेकिङ न्युज

Featured posts

लम्कीचुहा को ११ औँ नगरसभा सुरु; नगर प्रमुख शाही द्वारा निति तथा कार्यक्रम प्रस्तुत

लम्की । कैलालीको लम्कीचुहा नगरपालिकाको ११ औँ नगरसभाको पहिलो बैठक सुरु भएको छ । “समृद्ध नगर, समानुपातिक विकास सुखी नगरवासी, जनउत्तरदायी स्थानीय सरकार” भन्ने मुल नाराका साथ ११ औं नगर सभाको पहिलो वैठक बिहीबार (आज) देखि सुरु भएको हो । नगर सभामा नगर प्रमुख सुशिला शाहीले आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । नगर प्रमुख शाहीले निति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, युवा तथा रोजगारी, स्वास्थ्य तथा मानव सामर्थ्य विकास, कृषि उत्पादन र उत्पादकत्व वृद्धि तथा सहकारी कार्यक्रम, पूर्वाधार निर्माण तथा दिगो विकास, उद्यम, स्वरोजगारी र सहकारिता, सूचना प्रविधि तथा सञ्चार क्षेत्र विकास, मानव संसाधन,…
पुरा पढ्नुहाेस्
पालिका अध्यक्ष कुँवर द्वारा बर्दगोरिया ३ मा सम्पन्न राधाकृष्ण डिप ट्युवेल सिचाइ बोरिङ्को उद्घाटन 

पालिका अध्यक्ष कुँवर द्वारा बर्दगोरिया ३ मा सम्पन्न राधाकृष्ण डिप ट्युवेल सिचाइ बोरिङ्को उद्घाटन 

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर ३ बुट्कौवा स्थित राधाकृष्ण डिप ट्युवेल सिचाइ बोरिङको पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले स्विच बटन दाब्दै उद्घाटन गर्नुभएको छ । बिहीवार पालिका अध्यक्ष कर्ण बहादुर कुँवर ,वडा अध्यक्ष मनऋषी आचार्यले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । महाकाली सिचाई योजनाबाट बिनियोजित करिब १ करोड  लागतमा सो सिचाइ योजना बनेको हो । सो बोरिङ बनेपछी त्यस क्षेत्रका करिब २ सय घरधुरीलाई सिचाई गर्न सहज हुने छ । उद्घाटन गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले सिचाईका लागि बनेको उक्त बोरिङ्गले यस क्षेत्रका जनतालाई अब उपरान्त आकाशे पानिको भर नपर्नु पर्ने बताउनु भयो । पालिका अध्यक्ष  कुँवरले…
पुरा पढ्नुहाेस्

लैंङ्गिक हिंसाको विषयमा धनगढी उपमहानगरपालिका समवेदनशील छ : उपमेयर राना

धनराज विक लैङ्गिक हिंसाको विषयमा धनगढी उपमहानगरपालिका समवेदनशील रहेको उपमेयर कन्दकला रानाले बताएकीछन् । बुधबार धनढीमा सुरु भएको पीडित केन्द्रित दृष्टिकोणबाट लैङ्गिक हिंसाको सम्बोधनमा बहुपक्षीय सेवा प्रदायकहरुसंग अन्र्तक्रियात्मक अनुशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि.रानाले यस्तो बताएकीहुन् । भौतिक विकास मात्र विकास होइन, परिवर्तनका निम्ती सामाजिक र मानविय विकास गर्न अति आवश्यक रहेको भन्दै आफू सामाजिक र मानविय विकासका पक्षमा उभिएको रानाले बताइन् । जनताले खोजेको कुरा पूरा गर्न स्थानीय सरकार निरन्तर लागि परेको छ । सरकारको कामलाई सहयोग पुग्ने गरी गैरसरकारी संघसंस्थाले पनि काम गर्नुपर्ने उनले बताइन् । अहिलेपनि जनता गरिबीको रेखामुनिछन्, अन्याय सहेर बसेको जनतालाई माथि उकास्ने र…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री  सिंहको गाडी दुर्घटना; दुई जनाको मृत्यु

सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री  सिंहको गाडी दुर्घटना; दुई जनाको मृत्यु

कैलाली । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर  सिंहको गाडी दुर्घटनामा परेको छ । गाडी दुर्घटनामा परि उनकी श्रीमती अमृतादेवी र भाउजु जानकीको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार धनगढीबाट बझाङ जादै गर्दा प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटना भएको थियो। यस्तै दुर्घटनामा घाइते भएका मन्त्री सिंहको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। मन्त्री सिंहसहित उनका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीलाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ । प्रदेश सरकारको ०१००१ झ ४८० नम्बरको मन्त्री सवार गाडी मंगलबार डडेल्धुराबाट बझाङ जाने क्रममा जयपृथ्वी राजमार्गको बागथलाको धारछडा भने स्थानमा दुर्घटना भएको हो।
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिकाको सामाजिक बिकास शाखाले पुर्णता पायो

बर्दगोरिया गाउँपालिकाको सामाजिक बिकास शाखाले पुर्णता पायो

बर्दगोरिया । बर्दगोरिया गाउपालिकाको सामाजिक बिकास शाखाले पुर्णता पाएको छ । सोमबार सामाजिक बिकास समिती संयोजक तथा वडा नम्बर १ अध्यक्ष मिथुन गौतमको अध्यक्षतामा बसेको बैठकले नयाँ सदस्य थप्दै समितिलाई पुर्णता दिएको हो । समितीको सदस्यमा वडा सदस्य बिमला देवि भुल , शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट , महिला तथा बालबालिका शाखा प्रमुख पानमती राना र सदस्य सचिवमा स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावत रहनु भएको संयोजक मिथुन गौतमले जानकारी दिनुभयो । सामाजिक बिकास शाखाले पालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको जिम्मेवारी हेरबिचार गर्ने गर्दछ । शिक्षा क्षेत्रमा सुधार तथा युवाहरुलाई खेलकुदका क्षेत्रमा कसरी बिकशित गर्न सकिन्छ भन्ने तर्फ…
पुरा पढ्नुहाेस्

जोशिपुर गाउँपालिकाले दियो १३ दिन गर्मी बिदा

बर्दगोरिया । कैलालीको जोशिपुर गाउपालिका भित्रका विद्यालयमा १३ दिनका लागि गर्मी बिदा दिइएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै असार ३ गते देखि असार १५ गते सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिकाले एक सुचना जारी गर्दै गर्मीयाम लागेसंगै तापक्रम अत्याधिक वृद्धि भइ विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने सम्भावना भएकाले वर्षे बिदाबाट मिलान हुने गरी गर्मी बिदा दिइएको उल्लेख गरेको छ । पालिकाले जोशिपुर गाउबासीहरुमा गर्मी र लु बाट बच्न सावधानी अपनाउन अनुरोध गरेको छ । तराइका जिल्लामा अत्याधिक गर्मी बढेपछि पछिल्लो समय विद्यालयले धमाधम बिदा दिन थालेका छन्।
पुरा पढ्नुहाेस्

लम्कीचुहा-१० मा बाख्रा वितरण: प्रदेश सरकारको विश्वासको पात्र बन्नु पर्छ समुह; सांसद चौधरी

लम्की । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १० मा रहेको श्री कालिका भगवती दलित कृषि समुहलाई बाख्रा वितरण गरिएको छ । सुदुरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजित वार्षिक कार्यक्रम अन्तरगत उक्त बाख्रा वितरण गरिएको हो । उक्त बाख्रा आज कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) प्रदेश सांसद रामेश्वर चौधरीको प्रमुख आतिथ्य र लम्की चुहा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हर्क बहादुर कठरियाको बिशिष्ट आतिथ्यमा वितरण गरिएको हो । समुहका २२ जना सदस्य लाई प्रति व्यक्त १ वटा बाख्राका दरले वितरण गरिएको हो । कार्यक्रममा वडा नम्बर १० का वडा सदस्य भेटेरिनरि अस्पताल तथा पशु…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-३ मा पानीमा डुवेर एक बालको मृत्यु

बर्दगोरिया-३ मा पानीमा डुवेर एक बालको मृत्यु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लक्षण बिकका ९ वर्षीया छोरा अमर बिक रहेको इलाका प्रहरी कार्यालय सडकपुर बौनियाले जनाएको छ । प्रहरीका अनुसार उनको नदिमा नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भएको हो । शव अहिले बर्दगोरिया अस्पताल प्रा.लिमा रहेको र घटना बारे थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहाेस्
सुदूरपश्चिम समाज माल्टाको अध्यक्षमा दिपक ठगुन्ना चयन

सुदूरपश्चिम समाज माल्टाको अध्यक्षमा दिपक ठगुन्ना चयन

कैलाली । सुदूरपश्चिम समाज माल्टाको अध्यक्षमा समाजसेवी दिपक सिंह ठगुन्ना सर्वसम्मत चयन भएकाछन् । जुन ४ तारिख २०२३ जेष्ठ २१ गते माल्टामा भएको सदूरपश्चिम भेलाबाट सुदूरपश्चिम घरभई हाल माल्टामा बस्दै आएका ठगुन्ना अध्यक्षमा सर्वसम्मत चयन भएकाहुन् । सुदूरपश्चिमबाट युरोपको माल्टामा रोजगारीको सिलसिलामा गएका नेपालीहरुको हकहितको लागि काम गर्न र अफ्ठयारोमा साथ दिनको लागि सुदूरपश्चिम समाज माल्टा गठन गरिएको अध्यक्ष ठगुन्नाले बताए । नरेन्द्र बहादुर पाण्डेको अध्यक्षतामा भएको भेलाले दिपक सिंह ठगुन्नाको अध्यक्षतामा १३ सदस्सीय कार्यसमिति सर्वसम्मत गठन गरेको हो । समाजको उपाध्यक्षमा जनक कुँवर, महिला उपाध्यक्ष तबिता क्षेत्री, महासचिब शिब बिक (शिशिर) सचिब सुमित महरा रहेकाछन् । सदस्यमा क्रमशः गणेश…
पुरा पढ्नुहाेस्
पालिका उपाध्यक्ष गिरिको दिनहुँ अनुगमन,बिकासको दुर्त मार्गमा बर्दगोरिया

पालिका उपाध्यक्ष गिरिको दिनहुँ अनुगमन,बिकासको दुर्त मार्गमा बर्दगोरिया

बर्दगोरिया । बर्दगोरिया गाउपालिकाका यतिबेला धमाधम सडक सुधारको अभियानमा छ । सडक सुधार अभियान संगै पालिका उपाध्यक्ष गणेश राज गिरिको अनुगमनले पनि तिब्रता पाएको छ । ग्राईभेल भएका पुरना कच्ची सडकमा परेका खाल्डाखुल्डीका कारण आम नागरिकमा परेको समस्यालाई मध्य नजर गर्दै स्थानिय सरकार सडक सुधार अभियानमा लागेको हो । मंगलबार उपाध्यक्ष गणेश राज गिरि र वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाहीले वडा नम्बर ४ पुरैना ताल जाने सडकमा भइ रहेको पानी पिच संगै गैरिगाउ खानेपानीमा निर्माणाधीन ओभर ट्यान्की, वडा नम्बर ४ मै निर्माणाधिन कालोपत्र सडक र थारु समुदायको मरुवा लगाएतको अनुगमन गर्नु भएको छ । कच्ची सडक र…
पुरा पढ्नुहाेस्