लम्कीचुहा-१० मा बाख्रा वितरण: प्रदेश सरकारको विश्वासको पात्र बन्नु पर्छ समुह; सांसद चौधरी

लम्की कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १० मा रहेको श्री कालिका भगवती दलित कृषि समुहलाई बाख्रा वितरण गरिएको छ ।

सुदुरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजित वार्षिक कार्यक्रम अन्तरगत उक्त बाख्रा वितरण गरिएको हो ।

उक्त बाख्रा आज कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) प्रदेश सांसद रामेश्वर चौधरीको प्रमुख आतिथ्य र लम्की चुहा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हर्क बहादुर कठरियाको बिशिष्ट आतिथ्यमा वितरण गरिएको हो ।

समुहका २२ जना सदस्य लाई प्रति व्यक्त १ वटा बाख्राका दरले वितरण गरिएको हो ।

कार्यक्रममा वडा नम्बर १० का वडा सदस्य भेटेरिनरि अस्पताल तथा पशु विज्ञ केन्द्र सुदुरपश्चिम प्रदेशका प्रमुख हेम अवस्ति लगाएतका व्यक्ति हरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै सुदूरपश्चिम प्रदेश सांसद रामेश्वर चौधरीले जसरि प्रदेश सरकारले गरिवि निवारण निम्ति बाख्रा वितरण गरेको छ, सोही अनुसार उक्त बाख्राको पालनपोषण गर्नु पर्ने बताए ।

बाख्रा पाउना साथ त्यसलाई कसरी सक्ने भन्दा नि त्यसबाट कसरी आम्दानी लिन सकिन्छ भन्ने कुरामा विशेष ध्यान दिन जरुरी हुन्छ । १ बाख्रा बाट कसरी २ बनाउने र ति बाख्रा बाट कसरी आफ्नो आफ्नो आय आर्जन बढाउने भन्ने विशेष ध्यान दिए जरुरी अनुरोध गरे । यस्तै आफुले सोचेको बोलेको अनुसारको काम गरे आगामी दिनमा पनि प्रोत्साहन स्वरुप थप कार्यक्रमको लागि बजेट विनियोजन गर्ने बताए । साथै उनले भने प्रदेश सरकारले उक्त समुहलाई जसरी विश्वास गरेर यो बाख्रा वितरण कार्य गरेको छ, त्यसरी नै समुह पनि विश्वासको पात्र बन्नु पर्ने छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार