बर्दगोरिया गाउँपालिकाको सामाजिक बिकास शाखाले पुर्णता पायो

बर्दगोरिया । बर्दगोरिया गाउपालिकाको सामाजिक बिकास शाखाले पुर्णता पाएको छ । सोमबार सामाजिक बिकास समिती संयोजक तथा वडा नम्बर १ अध्यक्ष मिथुन गौतमको अध्यक्षतामा बसेको बैठकले नयाँ सदस्य थप्दै समितिलाई पुर्णता दिएको हो ।

समितीको सदस्यमा वडा सदस्य बिमला देवि भुल , शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट , महिला तथा बालबालिका शाखा प्रमुख पानमती राना र सदस्य सचिवमा स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावत रहनु भएको संयोजक मिथुन गौतमले जानकारी दिनुभयो ।

सामाजिक बिकास शाखाले पालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको जिम्मेवारी हेरबिचार गर्ने गर्दछ । शिक्षा क्षेत्रमा सुधार तथा युवाहरुलाई खेलकुदका क्षेत्रमा कसरी बिकशित गर्न सकिन्छ भन्ने तर्फ आफुलागी रहेको संयोजक गौतमले बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार