बर्दगोरिया-३ मा पानीमा डुवेर एक बालको मृत्यु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लक्षण बिकका ९ वर्षीया छोरा अमर बिक रहेको इलाका प्रहरी कार्यालय सडकपुर बौनियाले जनाएको छ ।

प्रहरीका अनुसार उनको नदिमा नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भएको हो । शव अहिले बर्दगोरिया अस्पताल प्रा.लिमा रहेको र घटना बारे थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार