ब्रेकिङ न्युज

Featured posts

बर्दगोरिया गाउँपालिकाले २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० मनाउने

बर्दगोरिया गाउँपालिकाले २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० मनाउने

बौनिया। हरेक वर्ष असार १५ गतेका दिन मनाइने राष्ट्रिय धान दिवस कैलालीको बर्दगोरिया गाउँपालिकाले पनि मनाउने भएको छ । "जलवायु अनुकुलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि" भन्ने मुल नारा सहित गाउँपालिकाले २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० मनाउने भएको हो । पालिकाले बुधबार एक सूचना जारि गर्दै कृषि विकास शाखाको आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजित वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत उक्त २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० मनाउने भएको बताएको छ । उक्त कार्यक्रम भोलि असार १५ गते पालिकाको वडा नम्बर २ स्थित दोघरा टोलमा बिहान ८ बजे मनाउने भएको छ ।
पुरा पढ्नुहाेस्
आज बकर इद, मुस्लिम समुदायले धुमधामका साथ मनाउँदै: देशभर सार्वजनिक बिदा

आज बकर इद, मुस्लिम समुदायले धुमधामका साथ मनाउँदै: देशभर सार्वजनिक बिदा

काठमाडौँ । आज बकर इद, मुस्लिम समुदायले धुमधामका साथ यो पर्व मनाउँदै छन् । यस अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । त्यसैले बिहानैदेखि देशभरका मस्जिदमा भीड लागेको छ । नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । इस्लाम धर्मावलम्बीले विभिन्न जनावरकाे बली दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने…
पुरा पढ्नुहाेस्
समयमै सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न बर्दगोरिया गाउँपालिकाको अनुरोध

समयमै सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न बर्दगोरिया गाउँपालिकाको अनुरोध

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले समयमै आफ्नो सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न लाभान्वित व्यक्ति हरुमा अनुरोध गरेको छ । चालु आर्थिक वर्ष २०७९/०८० सकिनै लाग्दा आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि पालिकाले कोही पनि लाभान्वित व्यक्तिहरु सेवा लिन बाट बन्चित नहुन भन्दै सुसूचित गराउन एक सूचना सार्वजनिक गरेको बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिह कार्कीले जानकारी दिए । उनले भने थुप्रै सेवा ग्राहीहरुले समयमै आफ्नो परिचयपत्र नवीकरण गर्दैनन् जसको गर्दा उनीहरुको सेवा प्राप्त गर्न बाट बन्चित हुन्छन् । त्यसैले समयमै सेवा ग्राही नागरिकहरुले आफ्नो परिचय पत्र नवीकरण गरी सेवा लिन सकुन भन्दै पालिकाले सूचना सार्वजनिक गरेको हो । यस्तै…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउपालिकाको आगामी आर्थिक बर्षको बजेट करिब ८० करोड

बर्दगोरिया गाउपालिकाको आगामी आर्थिक बर्षको बजेट करिब ८० करोड

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार भएको पालिकाको १२औ गाउँ सभामा आर्थिक वर्ष ०८०/८१ को लागि ७९ करोड ८६ लाख १३ हजार १२४ को अनुमानित बजेट सार्बजनिक गरिएको हो ।   गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरको सभाध्याक्षतामा भएको गाउँ सभामा उपाध्यक्ष गणेश राज गिरि ( लालदीप) ले आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट प्रस्तुत गरेका हुन । सभामा नेपाल सरकारबाट प्राप्त निशर्त वित्तीय समानीकरण अनुदान रु, ११ करोड ३ लाख ,संघीय सरकारबाट प्राप्त सशर्त्त अनुदान (चालुतर्फ) १४ करोड २४ लाख, पुजीगततर्फ २…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिकाको १२ औं गाउँसभा सुरु

बर्दगोरिया गाउँपालिकाको १२ औं गाउँसभा सुरु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाको १२ औं गाउँ सभा आज बाट सुरु भएको छ । गाउँसभाको पानसमा दिप प्रज्वलन गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गर्नु भएको हो । गाउँसभामा आर्थिक वर्ष ०८०/०८१ निति तथा कार्यक्रम पालिका उपाध्यक्ष गणेश राज गिरिले प्रस्तुत गर्दैछन । गाउँसभा पालिकाको वडा नम्बर १ को सभाहलमा भइरहेको छ ।
पुरा पढ्नुहाेस्
बर्दगोरिया- ५ को वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

बर्दगोरिया- ५ को वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

बर्दगोरिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ को वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम शनिबार सम्पन्न भएको छ । वडा अध्यक्ष भोलेराम चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रममा चालू आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति विवरणको समिक्षा तथा बिनियोजित योजना र कार्यक्रमको सार्वजनिकरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहेका थिए । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उपाध्यक्ष गिरिले भने- यस अघि समग्र रुपमा पालिकाले मात्र सार्वजनिक सुनुवाइ गर्ने गरेको भएपनि अहिले वडाले आफ्नो वडाको वार्षिक प्रगति विवरण वडागत रुपमा सार्वजनिक गरेको मा वडा अध्यक्ष सहितको टिमलाई धन्यवाद व्यक्त गरे । सोही क्रममा उनले भने-…
पुरा पढ्नुहाेस्

लम्कीचुहा को ११ औँ नगरसभा सुरु; नगर प्रमुख शाही द्वारा निति तथा कार्यक्रम प्रस्तुत

लम्की । कैलालीको लम्कीचुहा नगरपालिकाको ११ औँ नगरसभाको पहिलो बैठक सुरु भएको छ । “समृद्ध नगर, समानुपातिक विकास सुखी नगरवासी, जनउत्तरदायी स्थानीय सरकार” भन्ने मुल नाराका साथ ११ औं नगर सभाको पहिलो वैठक बिहीबार (आज) देखि सुरु भएको हो । नगर सभामा नगर प्रमुख सुशिला शाहीले आर्थिक वर्ष २०८०/०८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । नगर प्रमुख शाहीले निति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, युवा तथा रोजगारी, स्वास्थ्य तथा मानव सामर्थ्य विकास, कृषि उत्पादन र उत्पादकत्व वृद्धि तथा सहकारी कार्यक्रम, पूर्वाधार निर्माण तथा दिगो विकास, उद्यम, स्वरोजगारी र सहकारिता, सूचना प्रविधि तथा सञ्चार क्षेत्र विकास, मानव संसाधन,…
पुरा पढ्नुहाेस्
पालिका अध्यक्ष कुँवर द्वारा बर्दगोरिया ३ मा सम्पन्न राधाकृष्ण डिप ट्युवेल सिचाइ बोरिङ्को उद्घाटन 

पालिका अध्यक्ष कुँवर द्वारा बर्दगोरिया ३ मा सम्पन्न राधाकृष्ण डिप ट्युवेल सिचाइ बोरिङ्को उद्घाटन 

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर ३ बुट्कौवा स्थित राधाकृष्ण डिप ट्युवेल सिचाइ बोरिङको पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले स्विच बटन दाब्दै उद्घाटन गर्नुभएको छ । बिहीवार पालिका अध्यक्ष कर्ण बहादुर कुँवर ,वडा अध्यक्ष मनऋषी आचार्यले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । महाकाली सिचाई योजनाबाट बिनियोजित करिब १ करोड  लागतमा सो सिचाइ योजना बनेको हो । सो बोरिङ बनेपछी त्यस क्षेत्रका करिब २ सय घरधुरीलाई सिचाई गर्न सहज हुने छ । उद्घाटन गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले सिचाईका लागि बनेको उक्त बोरिङ्गले यस क्षेत्रका जनतालाई अब उपरान्त आकाशे पानिको भर नपर्नु पर्ने बताउनु भयो । पालिका अध्यक्ष  कुँवरले…
पुरा पढ्नुहाेस्

लैंङ्गिक हिंसाको विषयमा धनगढी उपमहानगरपालिका समवेदनशील छ : उपमेयर राना

धनराज विक लैङ्गिक हिंसाको विषयमा धनगढी उपमहानगरपालिका समवेदनशील रहेको उपमेयर कन्दकला रानाले बताएकीछन् । बुधबार धनढीमा सुरु भएको पीडित केन्द्रित दृष्टिकोणबाट लैङ्गिक हिंसाको सम्बोधनमा बहुपक्षीय सेवा प्रदायकहरुसंग अन्र्तक्रियात्मक अनुशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि.रानाले यस्तो बताएकीहुन् । भौतिक विकास मात्र विकास होइन, परिवर्तनका निम्ती सामाजिक र मानविय विकास गर्न अति आवश्यक रहेको भन्दै आफू सामाजिक र मानविय विकासका पक्षमा उभिएको रानाले बताइन् । जनताले खोजेको कुरा पूरा गर्न स्थानीय सरकार निरन्तर लागि परेको छ । सरकारको कामलाई सहयोग पुग्ने गरी गैरसरकारी संघसंस्थाले पनि काम गर्नुपर्ने उनले बताइन् । अहिलेपनि जनता गरिबीको रेखामुनिछन्, अन्याय सहेर बसेको जनतालाई माथि उकास्ने र…
पुरा पढ्नुहाेस्
सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री  सिंहको गाडी दुर्घटना; दुई जनाको मृत्यु

सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री  सिंहको गाडी दुर्घटना; दुई जनाको मृत्यु

कैलाली । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर  सिंहको गाडी दुर्घटनामा परेको छ । गाडी दुर्घटनामा परि उनकी श्रीमती अमृतादेवी र भाउजु जानकीको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार धनगढीबाट बझाङ जादै गर्दा प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटना भएको थियो। यस्तै दुर्घटनामा घाइते भएका मन्त्री सिंहको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। मन्त्री सिंहसहित उनका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीलाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ । प्रदेश सरकारको ०१००१ झ ४८० नम्बरको मन्त्री सवार गाडी मंगलबार डडेल्धुराबाट बझाङ जाने क्रममा जयपृथ्वी राजमार्गको बागथलाको धारछडा भने स्थानमा दुर्घटना भएको हो।
पुरा पढ्नुहाेस्