पालिका उपाध्यक्ष गिरिको दिनहुँ अनुगमन,बिकासको दुर्त मार्गमा बर्दगोरिया

बर्दगोरिया । बर्दगोरिया गाउपालिकाका यतिबेला धमाधम सडक सुधारको अभियानमा छ । सडक सुधार अभियान संगै पालिका उपाध्यक्ष गणेश राज गिरिको अनुगमनले पनि तिब्रता पाएको छ ।

ग्राईभेल भएका पुरना कच्ची सडकमा परेका खाल्डाखुल्डीका कारण आम नागरिकमा परेको समस्यालाई मध्य नजर गर्दै स्थानिय सरकार सडक सुधार अभियानमा लागेको हो ।

मंगलबार उपाध्यक्ष गणेश राज गिरि र वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाहीले वडा नम्बर ४ पुरैना ताल जाने सडकमा भइ रहेको पानी पिच संगै गैरिगाउ खानेपानीमा निर्माणाधीन ओभर ट्यान्की, वडा नम्बर ४ मै निर्माणाधिन कालोपत्र सडक र थारु समुदायको मरुवा लगाएतको अनुगमन गर्नु भएको छ ।

कच्ची सडक र बर्षातमा हुने हिलाम्मे सडकका कारण स्थानियले सास्ती खेप्नु पर्ने अवस्था अब आउन नदिन यतिखेर स्थानिय सरकारले पानी पिचको कामलाई तिब्रता दिदै आएको छ ।

खाल्डाखुल्डी र साघुरो सडकका कारण दुर्घटनाको जोखिम थियो ,अब फराकिलो र चिल्लो पानी पिचले त्यो सम्भावित दुर्घटनाको जोखिम पनि हटेको उपाध्यक्ष गिरिले बताए ।

दिगो बिकास र समृद्धिको मार्ग द्रुत गतिमा अगाडि बढाउदै गएको पालिकले बर्षातको समयमा समेत समस्या नहोस भन्दै ग्राईभेल स्टक संगै वडा नम्बर १ र ६ जोडने मुडा देखि पृथ्वीपुर सम्म पानी पिचको कार्यलाई अगाडि बढाएको छ ।

अनुगमन गर्दै पालिका उपाध्यक्ष गिरिले निर्माण भइ रहेका पानी पिचको काममा ढिलासुस्ती नहोस भन्दै दिनहुँजसो आफू पुग्ने गरेको बताए ।

बिकास निर्माणका योजनाहरुलाई गुणस्तरीय र सम्झौता अगावै सक्न निर्माण कम्पनी र उपभोक्ता समितिलाई उपाध्यक्ष गिरिले निर्देशन समेत दिने गरेका छन ।

पानी पिचका कारण आवतजावत गर्ने स्थानिय खुशी भएका छन,भने मोटरसाइकल र अटोरिक्सा चालकलाई सहज भएको छ ।

गाउँ गाउँमा देखिने साघुरा र खाल्डाखुल्डी सडकले स्थानिय सरकार नभएको अनुभुती गरेका स्थानियले यति बेला चिल्ला र फराकिलो सडक देख्दा उनिहरुको मुहारमा खुशी संगै सरकारको प्रशन्सा समेत गर्न थालेका छन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार