पालिका अध्यक्ष कुँवर द्वारा बर्दगोरिया ३ मा सम्पन्न राधाकृष्ण डिप ट्युवेल सिचाइ बोरिङ्को उद्घाटन 

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर ३ बुट्कौवा स्थित राधाकृष्ण डिप ट्युवेल सिचाइ बोरिङको पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले स्विच बटन दाब्दै उद्घाटन गर्नुभएको छ ।

बिहीवार पालिका अध्यक्ष कर्ण बहादुर कुँवर ,वडा अध्यक्ष मनऋषी आचार्यले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।

महाकाली सिचाई योजनाबाट बिनियोजित करिब १ करोड  लागतमा सो सिचाइ योजना बनेको हो । सो बोरिङ बनेपछी त्यस क्षेत्रका करिब २ सय घरधुरीलाई सिचाई गर्न सहज हुने छ ।

उद्घाटन गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले सिचाईका लागि बनेको उक्त बोरिङ्गले यस क्षेत्रका जनतालाई अब उपरान्त आकाशे पानिको भर नपर्नु पर्ने बताउनु भयो । पालिका अध्यक्ष  कुँवरले भन्नुभयो ओभर ट्याङ्की सहितको बोरिङ्गले सबैलाई सिचाई गर्न पुग्छ ।

१६ वटा प्वाइन्ट(भल्भ) १६०० मिटर पाइप बिस्तार सहित ६० बिगाहा मा सिचाइ सेवा उपलब्ध हुनेगरी निर्माण भएको उक्त योजनाबाट करिब २०० घरधुरी लाभान्वित हुनेछन ।

उक्त सिचाई योजना बन्दा त्यस क्षेत्रका जनतामा खुशियाली छएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार