ब्रेकिङ न्युज

Featured posts

बर्दगोरिया कलेजले पायो सञ्चालन अनुमति

बर्दगोरिया । कैलालीको बर्दगोरियामा संचालन हुने कलेजले पुर्णता पाएको छ  । त्रिभुवन बिश्वबिद्धालयले बर्दगोरियालाई, बर्दगोरिया कलेजको प्रमाणपत्र दिए पछि कलेज संचालनका लागि बाटो खुलेको हो । यस अघि उक्त कलेज काठमाडौमा क्लाशिक कलेज अफ हायर स्टडिजको नाम ठेगाना परिवर्तन गरि त्रिभुवन बिश्वबिद्धालय व्यस्थापन  संकायका डिन र योजना डाईरेक्टरले बर्दगोरिया कलेजको प्रमाणपत्र कलेज प्रमुख चन्दा खरेललाई प्रदान गरेका हुन । निजि क्षेत्रबाट संचालित सो कलेजलाई अब स्थानिय बर्दगोरिया गाउँ सरकारले संचालन गर्ने छ ।  बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर ,उपाध्यक्ष गणेश राज गिरि ,प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की लगाएत शिक्षा प्रेमी र समाजसेवीको अथक प्रयासले बर्दगोरियामा  कलेज आउन सफल भएको…
पुरा पढ्नुहाेस्
जन जागृती मा.बि चौरीको बिद्यालय व्यवस्थापन समिती अध्यक्षमा रन सिङ बि.क चयन

जन जागृती मा.बि चौरीको बिद्यालय व्यवस्थापन समिती अध्यक्षमा रन सिङ बि.क चयन

लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा न ५ मा रहेको श्री जन जागृती मा.बि चौरीको बिद्यालय ब्यवस्थापन समितीले पुर्णता पाएको छ । रन सिङ बि.क को अध्यक्षतामा नयाँ बिद्यालय ब्यवस्थापन समिती सर्वसम्मतले चयन गरे संगै विद्यालय व्यवस्थापन समितिले पुर्णता पाएको हो । विविध कारणबस केही महिना देखि पुर्ण हुन नसकेको ब्यवस्थापन समितिले पुर्णता पाए संगै अध्यक्षमा रन सिङ बि.क सदस्यहरुमा कमाने कामी , धिर्जा बटाला ,लक्ष्मी बोहरा भागिराम चौधरी बिन्द्रा बडुवाल र सदस्य सचीवमा बिद्यालयका प्रधानाध्यापक नयाँराम बि.क सर्वसम्मतले चयन भएका छन । बिगत लामो समय देखि शैक्षिक इतिहास बोकेको बिद्यालयको शैक्षिक गुणस्तरलाई उकास्न र देखिएका विविध समस्याको समाधान गर्ने…
पुरा पढ्नुहाेस्

सुदुरपश्चिममा नेपाल दलित मुक्तिमोर्चाको प्रदेश कमिटीको बैठक सम्पन्न

धनराज विक / साउन ६ धनगढी नेपाल दलित मुक्तिमोर्चाको सुदूरपश्चिम प्रदेश कमिटीको दोस्रोपूण बैठक धनगढीमा सम्पन्न भएको छ । सुदूरपश्चिमका ९ वटै जिल्लाका प्रदेश कमिटीका पदाधिकारीले रिपोर्टिङ राख्दै मोर्चालाई सशक्त बनाउने गरी आगामी कार्ययोजना तयार पार्दै साउन ५ गते बैठक सम्पन्न भएको हो । बैठकमा रिपोर्टिङ राख्नेहरुले नेकपा माओवादी केन्द्र पार्टीले वेवास्ता गरेकै कारण मोर्चा सशक्त हुन नसेकेको बताए । अन्य भातृ संगठनमा पार्टीले समय दिएजस्तै नेपाल दलित मुक्तिमोर्चाको संगठन निमार्ण र विस्तारमा पार्टीले सहयोग नगरेको दुःख व्यक्त गरेका थिए । जनयुद्धदेखि आजसम्म पार्टीको बलियो आधारक्षेत्र मानिएको दलित समुदाय र नेपाल दलित मुक्तिमोर्चालाई सशक्तरुपमा चलायमान गर्न पार्टी चुकेको निष्कर्षमा बैठकका…
पुरा पढ्नुहाेस्
गाउँपालिका अध्यक्षद्वारा बर्दगोरिया धाममा नव निर्मित धर्मशालाको उद्घाटन

गाउँपालिका अध्यक्षद्वारा बर्दगोरिया धाममा नव निर्मित धर्मशालाको उद्घाटन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा अवस्थित बर्दगोरिया धाममा नव निर्मित धर्मशालाको उद्घाटन गरिएको छ । सोमबार एक अनौपचारिक कार्यक्रमको आयोजना गरि पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले नव निर्मित भक्तजन बस्ने धर्मशालाको उद्घाटन गर्नुभएको हो । बर्दगोरिया धार्मिक क्षेत्रको दर्शन गर्न आउने भक्तजनहरुलाई आराम गर्न सहज होस भन्ने उद्देश्यले पालिकाले ९ लाख रुपैया   बिनियोजित गरेको अध्यक्ष कर्ण बहादुर कुँवरले बताउनु भयो । उक्त धर्मशाला बनेपछी बर्दगोरियालाई चिनाउन टाढा बाट आउने भक्तजन संगै बर्दगोरियाका भक्तजन र भगतहरुलाई आराम गर्न सहज हुने छ । धर्मशाला उद्घाटन कार्यक्रममा बर्दगोरिया गाउपालिका वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क ,कार्यपालिका सदस्य कलावती ढुङ्गाना, वडा सदस्य…
पुरा पढ्नुहाेस्

कैलालीको बर्दगोरियामा एक महिलाको मृत्यु; आफन्तद्वारा हत्या आशंका

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका मा एक महिलाको विष सेवनबाट मृत्यु भएको छ । मृतु हुनेमा पालिकाको वडा नम्बर १ निवासी २३ वर्षीया गिता संज्याल रहेको ईलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ । प्रहरीका अनुसार शव अहिले पोस्टमार्टमका लागि अहिले टीकापुर लगिएको छ । यता आफन्तका अनुसार गिता संज्यालको मृत्यु विष सेवन बाट नभए हत्या भएको आशंका व्यक्त गरेका छन । मृतका संज्यालका दाजु मिलन संज्यालले आफ्नो बहिनीको मृत्यु कुनै विष सेवनबाट नभई पारिवारिक झैझगडा बाट भएको बताए । उनले नौलो प्रेस सङ्ग कुरा गर्दै -मृतक गिता संज्याललाई यस अघि पनि विभिन्न समयमा पटकपटक परिवारले मानसिक याचना दिनुका साथै कुटपिट…
पुरा पढ्नुहाेस्
मोहन्याल गाउँपालिका अध्यक्षको पहलमा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्वार

मोहन्याल गाउँपालिका अध्यक्षको पहलमा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्वार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा सुत्केरी व्यथाले थलिएकी एक महिलाको हेलिकप्टरबाट उद्वार गरिएको छ । पालिकाको वडा नम्बर ४ ओखलढङ्गा बस्ने बर्ष ३७ की बिमला मिजार र बच्चाको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि हेलिकप्टर मार्फत उद्दार गरिएको हो । उनको मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायको पहलमा नेपाली सेनाको हेलिकप्टर मार्फत उनको उद्दार गरिएको गाउँपालिका अध्यक्षको सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार उनको पण्डौन स्वास्थ्य चौकी खिमडीमा सुत्केरी मिजार र बच्चाको स्वास्थ्य अवस्था गम्भीर भएको हुँदा नेपाली सेनाको हेलिकप्टर मार्फत उद्ववार गरि नेपालगन्ज मेडिकल कलेजमा लगिएको छ ।
पुरा पढ्नुहाेस्
बर्दगोरियाको एसइई परीक्षाको नतिजा, श्री महुन्याल मा.वि.का अर्जुन आचार्य बने जिल्ला स्तरको नतिजामा तेस्रो

बर्दगोरियाको एसइई परीक्षाको नतिजा, श्री महुन्याल मा.वि.का अर्जुन आचार्य बने जिल्ला स्तरको नतिजामा तेस्रो

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाबाट २०७९ को एसइई परीक्षामा सहभागी ९ जना विद्यार्थीले ए प्लस ल्याउन सफल भएका छन । उनीहरुले राष्ट्रिय परिक्षा बोर्डको ग्रेडिङ नतिजा प्रणाली अनुसार (३.६ देखि ४ जिपिए) भित्र आफ्नो नतिजा पार्दै ए प्लस ल्याउन सफल भएका हुन । यस्तै, २९ जना विद्यार्थी ए ग्रेड (३.२ देखि ३.६ जिपिए), ७१ जनाले बि प्लस (२.८ देखी ३.२ जिपिए) र ९६ जना बि ग्रेड (२.४ देखि २.८ जिपिए) ल्याइ उत्तीर्ण भएका छन् । यस्तै १ सय ५३ जनाले सी प्लस (२.० देखी २.४ जिपिए), १ सय ३७ जना सी ग्रेड (१.६ देखि २.० जिपिए), ६४ जनाले डी प्लस (१.२…
पुरा पढ्नुहाेस्

प्रधानमन्त्री ‘प्रचण्ड’ पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने भएको छ । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार सीता दाहालको आजै बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । ६९ वर्षीया दाहालको आज बिहान कार्डियाक अरेस्टका कारण निधन भएको हो । अन्तिम संस्कार अघि दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ ।
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिकाले व्यवसाय दर्ता निःशुल्क गर्ने

बर्दगोरिया गाउँपालिकाले व्यवसाय दर्ता निःशुल्क गर्ने

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले आगामी आर्थिक वर्षबाट व्यवसाय दर्ता निःशुल्क गर्ने नीति अघि सारेको छ । मुक्त कमैया, मुक्त हलिया, सुकुम्वासी, सहिद तथा बेपत्ता परिवार र द्धन्द पीडितहरूलाई व्यवसाय दर्ता निःशुल्क गर्ने गाउँपालिकाले जनाएको छ । पछाडि पारिएका वर्ग र समुदायको अवस्था माथि उकास्न तथा उनीहरूलाई सहज रूपमा आय आर्जनमा जोड्न गाउँ सरकारले यस्तो नीति अघि सारेको गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले बताए । “कतिपय व्यवसाय गर्न इच्छुक हुँदा हुँदै पनि दर्ता शुल्ककै कारण वा अन्य कारणले पनि व्यवसाय दर्ता नगर्ने र सरकारी सहयोगबाट वञ्चित हुने गरेको पाइयो । यो समस्याको समाधान गर्दै जनतालाई सरकारको प्रत्यक्ष अनुभूति हुने गरी काम…
पुरा पढ्नुहाेस्
आजबाट प्रदेश र स्थानीय तहको खाता बन्द

आजबाट प्रदेश र स्थानीय तहको खाता बन्द

काठमाडौँ । सोमवार आज देखि लागु हुने गरि प्रदेश र स्थानीय तहको खाता रोक्का हुने भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यही असार ११ गते जारी गरेको सूचनाअनुसार प्रदेश र स्थानीय तहले २४ गते राति १२ बजेपछि कुनै पनि रकम भुक्तानी लिन पाउने छैनन्। प्रदेश र स्थानीय तहको प्रणालीबाट एक सातासम्म नयाँ रकम भुक्तानी हुने छैन। राति १२ बजेसम्म प्रणालीमा खर्च देखाएर जारी भएका चेकहरु सोमवार पनि साटिन सक्नेछन्, तर कानुनअनुसार सोमबारबाट नयाँ चेक जारी गर्न पाइँदैन, सूचनामा भनिएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० ले आर्थिक वर्ष समाप्त हुनुभन्दा एक साताअघि भुक्तानी निकासा…
पुरा पढ्नुहाेस्