जोशिपुर गाउँपालिकाले दियो १३ दिन गर्मी बिदा

बर्दगोरिया । कैलालीको जोशिपुर गाउपालिका भित्रका विद्यालयमा १३ दिनका लागि गर्मी बिदा दिइएको छ।

गाउँपालिकाले एक सूचना जारी गर्दै असार ३ गते देखि असार १५ गते सम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। गाउँपालिकाले एक सुचना जारी गर्दै गर्मीयाम लागेसंगै तापक्रम अत्याधिक वृद्धि भइ विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने सम्भावना भएकाले वर्षे बिदाबाट मिलान हुने गरी गर्मी बिदा दिइएको उल्लेख गरेको छ ।

पालिकाले जोशिपुर गाउबासीहरुमा गर्मी र लु बाट बच्न सावधानी अपनाउन अनुरोध गरेको छ । तराइका जिल्लामा अत्याधिक गर्मी बढेपछि पछिल्लो समय विद्यालयले धमाधम बिदा दिन थालेका छन्।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार