ब्रेकिङ न्युज

Featured posts

कैलाली जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धनगढीलाई

कैलाली जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धनगढीलाई

धनगढी । कैलाली जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले उचालेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका स्थित धनगढी रंगशालामा आज सम्पन्न भएको प्रतियोगितामा ४५ पदक मा विजयी हासिल गर्दै धनगढीले प्रथम उपाधी उचालन सफल भएको हो । जसमा धनगढी उपमहानगरपालिकाले ३० स्वर्ण, ६ रजत र ९ कास्य पदक जित्न सफल भएको छ । यस्तै घोडाघोडी नगरपालिका दोस्रो र गोदावरी नगरपालिका तेस्रो भएको छ । घोडाघोडीले २२ स्वर्ण, १७ रजत र १७ कास्य गरि ५६ पदक र गोदावरीले ५ स्वर्ण, २४ रजत र १० कास्य गरि ३९ पदक सहित तृतीय भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय र…
पुरा पढ्नुहाेस्
प्रथम वडा अध्यक्ष कप प्रतियोगिता२०८० बर्दगोरिया ५ मा सम्पन्न

प्रथम वडा अध्यक्ष कप प्रतियोगिता२०८० बर्दगोरिया ५ मा सम्पन्न

बर्दगोरिया । "स्वास्थ्यको लागि  खेलकुद  राष्ट्रको लागि खेलकुद" भन्ने मुल नाराका साथ कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा प्रथम वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८० को शुक्रबार  सम्पन्न भएकाे छ । श्री जनता आधारभुत विद्यालय व्यवस्थापन अध्यक्ष  राम चन्द्र कठरियाकाे अध्यक्षता र बर्दगोरिया गाउँपालिका वडा न ५ का वडा अध्यक्ष भोलेराम चौधरीको प्रमुख आतिथ्यता एव वडा सदस्य सोनिया देवि डगौराको विशिष्ट आतिथ्यमा उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएकाे हाे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथीको वडा अध्यक्ष भोलेराम चौधरीले आफुले निर्वाचन पश्चात्  स्थानीय स्तरमा खेलकुदको पहुचमा अभिवृद्धि  गर्ने विद्यार्थीहरु लाई शैक्षिक क्षेत्रमा मात्र नभएर खेलकुदको माध्यम बाट शारीरिक तथा मानसिक…
पुरा पढ्नुहाेस्
त्रिविले उल्ट्यायो आफैले गरेको निर्णय दुईदिन नबित्दै

त्रिविले उल्ट्यायो आफैले गरेको निर्णय दुईदिन नबित्दै

कैलाली ।  यही माघ २३ गते मंगलबार त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह व्यवस्थापन सङ्काय चौथो सत्रान्तको परीक्षा केन्द्र सार्वजनिक गर्यो । दुई दिन नबित्दै सो केन्द्र सच्चाइएको अर्को सूचना जारी गर्यो । सच्याइएको केन्द्रमा कैलालीको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको परीक्षा केन्द्र सोही नगरपालिकाको सुखडमा रहेको राष्ट्रिय कलेज सारियो । ५ सय मिटरको समेत दूरी छैन यी दुई क्याम्पस बिच । तर त्रिविलाई के त्यस्तो आपत आइपर्यो र आफै गरेको निर्णय दुई दिन नबित्दै उल्टाउनु पर्यो ।   दुई क्याम्पस बिच खिचातानी “आज घोडाघोडी बहुमुखी क्याम्पसमा राष्ट्रिय योजना आयोगका सदस्य डा.राम फुयाल आएछन । के स्थानीय दल नचाहिने रहेछ त ? घोडाघोडी बहुमुखी क्याम्पसको हिसाब काठमाडौंमा…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ मा कार्यरत सेवा निवृत्त गगन सिंह विष्टको बिदाइ

बर्दगोरिया-६ मा कार्यरत सेवा निवृत्त गगन सिंह विष्टको बिदाइ

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा कार्यरत गगन विष्ट को बिदाइ गरिएको छ । बि.स २०४६ साल देखि नेपाल सरकारको नीति अनुसार करार मार्फत राष्ट्रिय सेवक कर्मचारी हुँदै हाल वडा नम्बर ६ को कार्यालयमा कार्यरत सेवा निवृत गगन सिंह बिष्ट को आज एक भव्य कार्यक्रमका बीच वडा नम्बर ६ ले बिदाइ गरिएको हो । उनले नेपाल सरकारको नीति अनुसार आफ्नो कार्यकाल रहेसम्म निडर्ता पुर्वक, निस्वार्थ, कर्तव्य निष्ट भइ आफ्नो दायित्व निर्वाह गरेको र राष्ट्र सेवक कर्मचारी हुँदै राष्ट्रका लागि दिएको अमुल्य योगदानको उच्च मुल्यांकन गर्दै आज बिदाइ कार्यक्रमको आयोजना गरेको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा…
पुरा पढ्नुहाेस्
बर्दगोरिया ६ मा माघी मेला व्यवस्थापनका लागि समिति गठन, अध्यक्षमा सीप प्रसाद डंगौरा

बर्दगोरिया ६ मा माघी मेला व्यवस्थापनका लागि समिति गठन, अध्यक्षमा सीप प्रसाद डंगौरा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा माघी मेला सम्बन्धि व्यवस्थापन समिति गठन गरिएको छ । शुक्रबार वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुको अध्यक्षतामा भएको भेला बाट माघी मेला संचालनका लागि समिती गठन गरिएको हो । जसको अध्यक्षमा सीप प्रसाद डगौरा सर्वसम्मत चयन भएका हुन । चौधरीको अध्यक्षतामा ११ सदस्यीय कमिटी समेत गठ्न गरिएको छ । जसको सचीवमा दिपेन्द्र बोहरा, सचीवमा कुमारी चौधरी चयन भएका हुन । उक्त समिति माघी मेला संचालनको लागि मात्र गठ्न गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले जानकारी दिए । यस्तै सोही भेला बाट मोहन्याल आधारभुत बिधालय…
पुरा पढ्नुहाेस्
भूकम्प पीडितलाई मोहन्याल गाउँपालिकाले साढे १३ लाख रुपैयाँ सहयोग दिने

भूकम्प पीडितलाई मोहन्याल गाउँपालिकाले साढे १३ लाख रुपैयाँ सहयोग दिने

बौनिया । कैलालीको मोहन्याल गाउँपालिकाले भूकम्प पीडितलाई साढे १३ लाख रुपैयाँ सहयोग दिने भएको छ । जाजरकोट जिल्लालाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको घटना प्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले राहत स्वरुप साढे १३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय (हिमशिखरे) जानकारी दिएका छन । उनले भने - 'हामीले आआफ्नो दैनिकी तलबभत्ता बाट केही रकम कटौती गरी उक्त दुःख घटनामा रहेका व्यक्ति हरुलाई सहयोग गर्दै छौं । जसमा गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो १० दिनको, अधिकृत स्तरको कर्मचारीले ५ दिनको र सहायक तथा सहयोगी कर्मचारीले आफ्नो ३ दिन बराबरको र माध्यमिक तहका शिक्षकहरुले…
पुरा पढ्नुहाेस्
आजदेखि नयाँ नोट साट्न पाइने

आजदेखि नयाँ नोट साट्न पाइने

काठमाण्डाै । नेपाल राष्ट्र बैङ्कले आजदेखि बडा दशैँ, तिहार र छठको लागि नयाँ नोट सटही सुविधा दिने भएको छ । काठमाण्डौ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्न सकिनेछ । यस्तै, काठमाण्डौ उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नोट साट्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र १०० रुपैयाँका नोट साट्ने व्यवस्था छ । एक जनालाई १८ हजार ५ सय रुपैयाँको दरले नयाँ…
पुरा पढ्नुहाेस्
आफ्नो पारिश्रमिक विद्यार्थीको भविस्यमा खर्चिदै वडा अध्यक्ष शाही

आफ्नो पारिश्रमिक विद्यार्थीको भविस्यमा खर्चिदै वडा अध्यक्ष शाही

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगतबहादुर शाहीले आफ्नो पारिश्रमिक विद्यार्थीहरुको भविष्य निर्माण कार्यमा खर्चिदै छन । वडा अध्यक्ष शाहीले आफ्नो सरकारी कोषबाट आउने पारिश्रमिक विद्यार्थीहरुको भविष्य बनाउने कार्यमा खर्चिदै आएको छन । जस अनुसार मंगलबार मात्र पालिकाको वडा नम्बर ६ मा रहेको श्री महुन्याल माध्यमिक विद्यालयमा कक्षा १२ अध्ययनरत दिपिका डगौराको विद्यालयमा आउने सम्पूर्ण वार्षिक शुल्क बुझाइ दिएका छ्न । आर्थिक अवस्था कमजोर भइ आफ्नो अध्ययन लाई छोड्न बाध्य भएकी दिपिकाको अध्ययन लाई निरन्तरता दिन शाहीले आफ्नो पारिश्रमिक बाट विद्यालयमा वार्षिक रुपमा आउने सम्पुर्ण शुल्क बुझाई दिएका हुन । वडा अध्यक्ष शाहीले भने -…
पुरा पढ्नुहाेस्

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशको एक  दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी…
पुरा पढ्नुहाेस्
भोलि सार्वजनिक बिदा होइन, राष्ट्रिय शोकको घोषणा मात्र हो: मन्त्री शर्मा

भोलि सार्वजनिक बिदा होइन, राष्ट्रिय शोकको घोषणा मात्र हो: मन्त्री शर्मा

काठमाडौँ । सरकारले मंगलबार एक राष्ट्रिय शोकको घोषणा गरेको छ । इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले भोलि एक दिन राष्ट्रिय शोकको घोषणा हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । मंगलबार देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्री शर्माले देशभर बिदा दिएको नभइ राष्ट्रिय शोकको घोषणा मात्रै भएको स्पष्ट गरिन् ।  मन्त्रिपरिषद्ले आतंकवादी समूहको आक्रमणमा परी ज्यान गुमाउने नेपालीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल…
पुरा पढ्नुहाेस्