
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा माघी मेला सम्बन्धि व्यवस्थापन समिति गठन गरिएको छ ।
शुक्रबार वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुको अध्यक्षतामा भएको भेला बाट माघी मेला संचालनका लागि समिती गठन गरिएको हो ।
जसको अध्यक्षमा सीप प्रसाद डगौरा सर्वसम्मत चयन भएका हुन । चौधरीको अध्यक्षतामा ११ सदस्यीय कमिटी समेत गठ्न गरिएको छ । जसको सचीवमा दिपेन्द्र बोहरा, सचीवमा कुमारी चौधरी चयन भएका हुन ।
उक्त समिति माघी मेला संचालनको लागि मात्र गठ्न गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले जानकारी दिए ।
यस्तै सोही भेला बाट मोहन्याल आधारभुत बिधालय सुगुरखाल को मैदान पटानीको लागि समेत समिती गठन गरिएको छ । जसको अध्यक्षमा मिना कुमारी बोहरा लाई चयन गरिएको छ । यस्तै कोषाध्यक्षमा किसन कुमारी चौधरी, र सचीवमा रुप देवी डगौरा चयन भएका हुन ।