आफ्नो पारिश्रमिक विद्यार्थीको भविस्यमा खर्चिदै वडा अध्यक्ष शाही

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगतबहादुर शाहीले आफ्नो पारिश्रमिक विद्यार्थीहरुको भविष्य निर्माण कार्यमा खर्चिदै छन ।

वडा अध्यक्ष शाहीले आफ्नो सरकारी कोषबाट आउने पारिश्रमिक विद्यार्थीहरुको भविष्य बनाउने कार्यमा खर्चिदै आएको छन ।

जस अनुसार मंगलबार मात्र पालिकाको वडा नम्बर ६ मा रहेको श्री महुन्याल माध्यमिक विद्यालयमा कक्षा १२ अध्ययनरत दिपिका डगौराको विद्यालयमा आउने सम्पूर्ण वार्षिक शुल्क बुझाइ दिएका छ्न । आर्थिक अवस्था कमजोर भइ आफ्नो अध्ययन लाई छोड्न बाध्य भएकी दिपिकाको अध्ययन लाई निरन्तरता दिन शाहीले आफ्नो पारिश्रमिक बाट विद्यालयमा वार्षिक रुपमा आउने सम्पुर्ण शुल्क बुझाई दिएका हुन ।

वडा अध्यक्ष शाहीले भने – “चुनावी दौडानको क्रममा मैले जनतासँग गरेको वाचा अनुसार आफ्नो तलब भत्ता जनताका छोराछोरीलाई अध्ययन गराउने कार्यमा खर्च गरिएको छु । अघिल्लो वर्ष पनि दिपिकाको कक्षा ११ को सम्पूर्ण वार्षिक शुल्क विद्यालयमा नै स्वयं पुगेर बुझाएका थिए । सोही कार्यलाई निरन्तरता दिन यस वर्ष पनि म यहाँ आएको हु । यति मात्र नभई पालिका असहाय, आर्थिक अवस्था कमजोर भएका अति गरिब परिवालाई सके जति सहयोग सधै गर्ने छु ।”

यस्तै शाहीले पालिकाका अन्य विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पनि वार्षिक शुल्क, पोसाक, स्टेसनरी तथा हस्ताक्षर सुधार कार्यक्रमको समेत व्यवस्थापन गरिदिएका छन् ।


जस अनुसार श्री कालिका माद्यामिक विद्यालय नौनिया, श्री माद्यामिक विद्यालय कोटातुल्सीपुर, र जगतनाथ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको हस्ताक्षर सुधार कार्यक्रम गर्दै अति न्यून वर्गका विद्यार्थीहरुलाई स्टेसनरी सामान समेत सहयोग गरेका थिए । यस्तै श्री बसन्त मुरारी नमुना मा.वि बौनियामा गत आर्थिक वर्षमा कक्षा ११ मा अध्ययनरत ४ जना विद्यार्थीको वार्षिक शुल्क र श्री न्यु ज्वोति प्रा. वि रानिकुण्डामा अध्ययनरत ३६ जना विद्यार्थीहरुलाई स्टेसनरी र जाडो मौसममा न्यानो बनाउनको लागि प्रा. बि. का विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेका हुन ।

यस्तै वडा अध्यक्ष शाहीले यस आर्थिक वर्षमा पनि आर्थिक अवस्था न्यून भएका विद्यार्थीहरुको अध्यनका लागि आवस्यक पर्ने सम्पूर्ण सहयोग गर्ने बताका छन । साथै आर्थिक अवस्था कमजोर भइ विद्यालय जान नसकेका वा अन्य कुनै पनि समस्यामा परेका  पालिका भित्रका आम नागरिकले आफ्नो सम्पर्कमा आउन अनुरोध गरे ।

 

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार