भूकम्प पीडितलाई मोहन्याल गाउँपालिकाले साढे १३ लाख रुपैयाँ सहयोग दिने

बौनिया । कैलालीको मोहन्याल गाउँपालिकाले भूकम्प पीडितलाई साढे १३ लाख रुपैयाँ सहयोग दिने भएको छ ।

जाजरकोट जिल्लालाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको घटना प्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले राहत स्वरुप साढे १३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय (हिमशिखरे) जानकारी दिएका छन ।

उनले भने – ‘हामीले आआफ्नो दैनिकी तलबभत्ता बाट केही रकम कटौती गरी उक्त दुःख घटनामा रहेका व्यक्ति हरुलाई सहयोग गर्दै छौं । जसमा गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो १० दिनको, अधिकृत स्तरको कर्मचारीले ५ दिनको र सहायक तथा सहयोगी कर्मचारीले आफ्नो ३ दिन बराबरको र माध्यमिक तहका शिक्षकहरुले ५ दिनको र अन्य तहको शिक्षकहरुले ३ दिन बराबरको पारिश्रमिक बाट आउने तलब कटौती गरि भूकम्प पीडितहरुलाई केही राहत मिलोस भन्दै सहयोग गर्न लागेका हौ । हामीले उक्त रकम भुकम्प पिडितको राहत, पुनरनिर्माण र पुनर्स्थापनाको लागि प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा मार्फत सहयोग गर्ने भएका छौँ ।’

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार