बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा कार्यरत गगन विष्ट को बिदाइ गरिएको छ ।
बि.स २०४६ साल देखि नेपाल सरकारको नीति अनुसार करार मार्फत राष्ट्रिय सेवक कर्मचारी हुँदै हाल वडा नम्बर ६ को कार्यालयमा कार्यरत सेवा निवृत गगन सिंह बिष्ट को आज एक भव्य कार्यक्रमका बीच वडा नम्बर ६ ले बिदाइ गरिएको हो ।
उनले नेपाल सरकारको नीति अनुसार आफ्नो कार्यकाल रहेसम्म निडर्ता पुर्वक, निस्वार्थ, कर्तव्य निष्ट भइ आफ्नो दायित्व निर्वाह गरेको र राष्ट्र सेवक कर्मचारी हुँदै राष्ट्रका लागि दिएको अमुल्य योगदानको उच्च मुल्यांकन गर्दै आज बिदाइ कार्यक्रमको आयोजना गरेको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले बताए । उनले भने यस्ता कार्यक्रमले अन्य राष्ट्र सेवक कर्मचारीहरुलाई निडर्ता पुर्वक, निस्वार्थ भइ कर्तव्य निष्ट भइ आफ्नो दायित्व निर्वाह गर्ने प्रेणा दिने कुरामा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथिको आसन बाट सम्बोधन गर्दै सेवा निवृत हुनु भएका गगन सिह बिष्टले आफुले लामो समय सम्म नेपाल सरकारको नीति नियम अनुसार गरेको कार्यको उच्च मुल्यांकन गरेकोमा वडा नम्बर ६ लाई हार्दिक धन्यवाद व्यक्त गरे । साथै उनले भने कर्मचारी हरुले समय आफ्नो कार्यालयमा उपस्थित हुने र सेवाग्राही हरुलाई बिना झन्झटिलो तरिकाले सेवा प्रदान गर्न समेत सम्पुर्ण कर्मचारी गरुलाई अनुरोध गरे ।
यस्तै आजै वडा नम्बर ६ मा २०८० सालका लागि चयन भएका भल्मन्सा, चौकीदार, गुरुवा हरुलाई वडा अध्यक्ष डगौराले टीका माला लगाएर स्वागत समेत गरिएको छन । उनीहरुको स्वागत गर्दै सबैले नेपाल सरकारको नीति कानुन लाई आत्मसात गर्दै काम गर्न समेत अनुरोधलाई गरे ।