प्रथम वडा अध्यक्ष कप प्रतियोगिता२०८० बर्दगोरिया ५ मा सम्पन्न

बर्दगोरिया । “स्वास्थ्यको लागि  खेलकुद  राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा प्रथम वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८० को शुक्रबार  सम्पन्न भएकाे छ ।

श्री जनता आधारभुत विद्यालय व्यवस्थापन अध्यक्ष  राम चन्द्र कठरियाकाे अध्यक्षता र बर्दगोरिया गाउँपालिका वडा न ५ का वडा अध्यक्ष भोलेराम चौधरीको प्रमुख आतिथ्यता एव वडा सदस्य सोनिया देवि डगौराको विशिष्ट आतिथ्यमा उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएकाे हाे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथीको वडा अध्यक्ष भोलेराम चौधरीले आफुले निर्वाचन पश्चात्  स्थानीय स्तरमा खेलकुदको पहुचमा अभिवृद्धि  गर्ने विद्यार्थीहरु लाई शैक्षिक क्षेत्रमा मात्र नभएर खेलकुदको माध्यम बाट शारीरिक तथा मानसिक हिसाबले अब्बल गर्ने उद्देश्य सहित प्रतियोगिताको संचालन गरिएको बताए । हरेक वर्ष हुने राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगितामा पालिका भरका मा.वि स्तरका बिद्यालय सहभागी हुने गर्दछ्न । तर बर्दगोरिया ५ बाट भने कुनै पनि बिद्यालय मा.वि स्तरको भएका कारण उक्त प्रतियोगितामा सहभागीता नभएको कुरा औल्याउँदै आधारभूत तहका विद्यार्थीहरुको खेलकुद प्रती को रुचि र उनीहरुमा भएको कलाको प्रस्फोटन गर्ने उद्देश्यका साथ उक्त वडा अध्यक्ष कप प्रतियोगिता सुरु गरेको बताए ।

सोही क्रममा उनले भने अगामी वर्ष समुदायिक विद्यालय तर्फका अनाथ  विद्यार्थी बाल बालिकाहरु र जेहन्दार विद्यार्थीहरु लाई वडाको तर्फबाट विशेष प्रोत्साहन का लागि  केहि रकम विनियोजित गर्ने समेत प्रतीबद्वता व्यक्त गरे ।

प्रतियोगितामा वडा ५ मा रहेका सामुदायिक तर्फका श्री जनता आधारभूत बिद्यालय कोइलीभुरुवा, श्री सरस्वती आधारभूत बिद्यालय बैदिपुर, श्री नारायण आधारभूत बिधालय बेलुवा , यस्तै संस्थागत बिधालय तर्फ  न्यु स्टार पब्लिक स्कुल ठाकुरद्वारा, कैलाली ज्ञानज्योति इङलिस बोर्डिङ स्कुल र एल.पि.यु बोर्डिङ स्कुल कोइलीभुरुवा गरि ६ वटा विद्यालयको सहभागी रहेको थियो  ।

प्रतियोगितामा आधारभुत तहका छात्रा /छात्र तर्फ म्युजिकल चिएर, जेरि दौड, हिसाब दौड, लेखक सीप, पढाइ सिप, चित्र कला, भलिबल , हाइजम्प, लङ्जम्प , रिले दौड, सटपुट, कबड्डी, हाजीरी जबाफ लगाएका प्रतियोगिता रहेका भएको थियोे ।

उक्त प्रतियोगितामा सर्व उत्कृष्ट नतिजा ल्याउदै यस वर्षको वडा अध्यक्ष कप २०८० को उपाधी (सिल्ड) जनता आधारभूत बिद्यालय कोइलीभुरुवाले उचालेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार