कैलाली जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धनगढीलाई

धनगढी । कैलाली जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले उचालेको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका स्थित धनगढी रंगशालामा आज सम्पन्न भएको प्रतियोगितामा ४५ पदक मा विजयी हासिल गर्दै धनगढीले प्रथम उपाधी उचालन सफल भएको हो । जसमा धनगढी उपमहानगरपालिकाले ३० स्वर्ण, ६ रजत र ९ कास्य पदक जित्न सफल भएको छ ।

यस्तै घोडाघोडी नगरपालिका दोस्रो र गोदावरी नगरपालिका तेस्रो भएको छ । घोडाघोडीले २२ स्वर्ण, १७ रजत र १७ कास्य गरि ५६ पदक र गोदावरीले ५ स्वर्ण, २४ रजत र १० कास्य गरि ३९ पदक सहित तृतीय भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पालिकालाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगितामा सहभागी अन्य पालिकामा लम्किचुहा नगरपालिकाले ८, टिकापुर नगरपालिकाले १६, गौरीगंगा नगरपालिकाले १७, बर्दगोरीया गाउँपालिकाले २, जोशिपुर गाउँपालिकाले ६, मोहन्याल गाउँपालिकाले १०, चुरे गाँउपालिकाले ३, कैलारी गाँउपालिकाले २, जानकी गाँउपालिकाले ७ र भजनी नगरपालिकाले २ पदक जितेका छन् ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कराँते विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरू मध्येबाट प्रदेशस्तरीय प्रतियोगितामा सहभागि गराइने जिल्ला खेलकुद समितिले जानकारी दिएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार