नाैलाेप्रेस डेस्क

735 Posts
कस्तो रहला आजको मौसम पूर्वानुमान ?

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । नेपालको हाल पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। यस्तै आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ। आज राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली…
पुरा पढ्नुहाेस्
आज कोजाग्रत पूर्णिमा: धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै

आज कोजाग्रत पूर्णिमा: धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैँ पर्व समापन हुन्छ । शास्त्र अनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम भने  शुक्रबार नै समापन भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि शुक्रबार नै समाप्त हो । शुक्रबार नै…
पुरा पढ्नुहाेस्
आज खण्डग्रास चन्द्रग्रहण लाग्दै

आज खण्डग्रास चन्द्रग्रहण लाग्दै

काठमाडौँ । आश्विन शुक्ल पूर्णिमाका दिन आज  खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुनेछ ।  राति २:३८ बजे ग्रहणको मोक्ष अर्थात  समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । ग्रहणका बेलामा नित्य र नैमित्तिक कर्म गर्नु हुन्छ । विशेष कामना राखेर गरिने कर्म भने गर्नुहुँदैन । आश्विन शुक्ल चतुर्दशीदेखि कार्तिक कृष्ण प्रतिपदासम्म तीन यस्ता कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको पनि धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए । यो चन्द्रग्रहण विसं २०८० मा लाग्ने एउटै ग्रहण भएको समितिले जनाएको…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-४ मा दशैको अवसरमा बृहत देउडा खेल सम्पन्न

बर्दगोरिया-४ मा दशैको अवसरमा बृहत देउडा खेल सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा दशैको अवसरमा बृहत देउडा खेल खेलिएको छ । विहिवार श्री नवदुर्गा कालिका मन्दिर सुन्दरपुरको आयोजना मा उक्त देउडा खेल सम्पन्न भएको नव दुर्गा कालिका मन्दिरका अध्यक्ष जंग बहादुर विश्वकर्माले बताए । उनले भने - 'हामीले हरेक वर्ष असोज शुक्ल पक्षको त्रयोदशी दिन आफ्नो परम्परागत रीतिरिवाज अन्तर्गत नव दुर्गामातालाई राँगाको बलि चढाउने गर्ने गर्छौ । उक्त परम्परागत अनुसार आज पनि हामीले नव दुर्गामातालाई राँगाको बलि चढाएका हौं । सोही कार्यक्रमको अवसर पारी आज दिनभर वृहत् देउडा खेलको समएत आयोजना गरेका हौं । हाम्रा पुर्खाले हामीलाई हस्तान्तरण गरेको परम्परागत रीतिरिवाज लाई जगेर्ना गर्नुका…
पुरा पढ्नुहाेस्
कस्तो रहला आजको मौसम पूर्वानुमान ?

कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । नेपालको पश्चिमी भूभागमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले आज बिहीबार देशको पहाडी भूभागको मौसम आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। यस्तै देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। शुक्रबार देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
पुरा पढ्नुहाेस्
आज पनि नवदुर्गाको प्रसाद टीका र आशीर्वाद लिने क्रम जारी

आज पनि नवदुर्गाको प्रसाद टीका र आशीर्वाद लिने क्रम जारी

काठमाडौँ । आज पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ । नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम आज पनि जारी रहेको छ । यो कार्य कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रूपमा कुनै बाधा नरहेको बताएको छ । केही दिन सुनसान रहेको राजधानी सहरमा आज बिहानदेखि…
पुरा पढ्नुहाेस्
आज विजया दशमी; टीकाको उत्तम साइत बिहान ११ : ०२ बजे

आज विजया दशमी; टीकाको उत्तम साइत बिहान ११ : ०२ बजे

काठमाडौँ । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ : ०२ बजेको साइत उत्तम रहेको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ । आज बिहान १०ः३७ बजे देवी बिसर्जनको…
पुरा पढ्नुहाेस्
आज बडादसैँको आठौँ दिन : महाअष्टमी पर्व मनाइँदै

आज बडादसैँको आठौँ दिन : महाअष्टमी पर्व मनाइँदै

काठमाडौँ । आज आश्विन शुक्ल अष्टमी । बडादसैँको आठौँ दिन । देश तथा विदेशमा रहेका नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । आजको दिन शास्त्रसम्मतरूपमा दसैँ घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा…
पुरा पढ्नुहाेस्
बौनिया जेसीज र जुनकीरी नेपालको संयुक्त आयोजनामा बजार सरसफाइ (फोटो फिचर)

बौनिया जेसीज र जुनकीरी नेपालको संयुक्त आयोजनामा बजार सरसफाइ (फोटो फिचर)

बर्दगोरिया । बिजया दशमीको अवसरमा बौनिया जेसीज र जुनकीरी नेपालले आफ्नो संयुक्त आयोजनामा बजार बौनिया बजार सरसफाइ गरेको छ । शनिबार बिजया दशमीको अवसर पारी बौनिया बजार सरसफाइ गरेको बौनिया जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी चक्र बहादुर शाहीले जानकारी दिए। शाहीले भने- ' हामीले विशेष गरि चाडपर्वलाई लक्ष्यित गर्दै आज बजार फोहोर सरसफाइ गरेका हौँ । यस कार्यमा स्थानीय सरकार, बजार व्यवस्थापन समिती, बजारका व्यापारी, रेडक्रस नेपाल, स्थानीय विद्यालयका स्काउट विद्यार्थीहरु, ईलाका प्रहरी कार्यालय सडकपुर बौनिया र अस्थायी ट्राफिक पोष्ट बौनियाको आफुहरुले निकै सहयोग पाएको छौँ । हामीले एक पहल कदम मात्र चालेका हौ । बजार सरसफाइ विशेषगरी यहाँका…
पुरा पढ्नुहाेस्
चाडपर्व लाई लक्ष्यित गर्दै बर्दगोरिया-६ ले सरसफाइ

चाडपर्व लाई लक्ष्यित गर्दै बर्दगोरिया-६ ले सरसफाइ

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ ले बडा दशैको अवसर पारी वडा कार्यालय वरिपरि सरसफाइ गरिएको छ । 'स्वच्छ गाउँ, सबै मिलि फोहोर हटाउ' भन्ने उदेश्यका साथ शुक्रबार जनप्रतिनिधि र वडामा कार्यरत कर्मचारीहरुको संयुक्त टोलीले वडा कार्यालय तथा कार्यालय परिसर क्षेत्र वरपर सडक छेउछाउमा झाडी सरसफाइ गरेको वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले बताए । शनिबारदेखि लामो दिनसम्म कार्यालय बन्द हुने भएको हुँदा बातारणिय सरसफाइ राख्नको उक्त सरसफाइ कार्यक्रमको आयोजना गरेको अध्यक्ष डगौराले बताए । यसका साथै अध्यक्ष डगौराले भने - सके सम्म हामीले जथाभावी फोहोर गर्नु हुन, यदि फोहोर गरिहालेमा आफ्नो फोहोर आफै सफा…
पुरा पढ्नुहाेस्