![](https://naulopress.com/wp-content/uploads/2024/10/sudur-prime-dental-final.gif)
काठमाडौं । नेपाली बजारमा पहेलो धातु सुनको मूल्य घटेर कारोबार भएको छ । बिहीबार आज छापावाल सुन प्रतितोला ६०० रुपैयाँ घटेर एक लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने बढेर कारोबार भएको छ । चाँदी तोलामा १० रुपैयाँ बढेर एक हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।