बर्दगोरिया-६ बाट पनि सुरुभायो अनलाइन माध्यमबाट सिफारिस दिन

बर्दगोरिया । पछिल्लो समय विभिन्न डिजिटल प्रविधिसङ्गै अनलाइन माध्यमको व्यापक प्रयोग हुँदै आएको छ । सोही अनुसार स्थानीय सरकारले समेत दिने सिफारिस पत्र पनि अनलाइन माध्यमबाट दिन शुरु गरिएको छ ।

जस अन्तरगत बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ ले पनि वडा कार्यालय बाट दिने विभिन्न प्रकारका सिफारिस अनलाइन माध्यमबाट दिन शुरु गरेको छ ।

अनलाइन माध्यमबाट सिफारिस दिन सुरु भएपछि आम सेवा ग्राहीले कागजी प्रक्रियाको झन्झट बाट मुक्त भएको वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले जानकारी दिए । उनले “भने विगतमा सेवाग्राही जुनसुकै सिफारिस लिदा कागजपत्र बोक्नु पर्थ्यो । कतिपय कागजपत्र बाटोमा हराउने, च्यातिने, भिज्ने जस्ता कार्यहरु हुने हुँदा सेवाग्राहीले निकै दुख पाउने गरेका थिए । तर अब अनलाइन बाट सिफारिस दिन शुरु भएपछी ती सम्पुर्ण समस्याको समाधान भएको छ । सुरुवाती चरणमा सेवाग्राहीले अलि झन्झटिलो लाग्न सक्छ तर त्यो निकै सरल र सहज रहेको छ । विगत कतिपय स्थानमा सम्बन्धि निकायबाट दिनेको सिफारिस निजकहा पुग्न सम्मा बाटोमा नै कागजात विभिन्न खाले त्रुटि गर्ने गरेको पाईथ्यो । अब उक्त गैरजिम्मेवार पुर्ण त्रुटि (हस्ते) पनि नहुने कुरामा आफुहरु ढुक्क भएका छौँ । यस्ता त्रुटीहरुलाई रोक्न र कागजातहरुमा हुने लापरबाही लाई मध्य नजर गर्दै नेपाल सरकारको मातहतमा रहेको गृहमन्त्राले ल्याएको उक्त अनलाइन प्रणाली निकै स्वागत योग्य काम रहेको छ ।”

जस अनुसार अब सम्बन्धि स्थानीय निकाय /तहले जन्म, विवाह, मृत्यु, बसाइँसराइ दर्ता, सम्बन्ध बिच्छेद, नागरिकको सिफारिस लगाएका अन्य सिफारिस हरु अनलाइन माध्यमबाट बाट दिन लागेको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार