नयाँ आधार नेपाल मनायो आफ्नो पहिलो जन्मोत्सव

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको नयाँ आधार नेपाल आफ्नो पहिलो जन्मोत्सव तथा नव वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम मनाएको छ ।

बिहिवार बर्दगोरिया गाउँपालिका वडा नम्बर १ स्थित आफ्नो केन्द्रिय कार्यालयमा नै उक्त पहिलो जन्मोत्सव तथा नव वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम मनाएको हो ।

कार्यक्रममा प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम रहेका थिए भने विशिष्ट अतिथी वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बिक रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतमले आफुले आउदो आर्थिक वर्ष सम्म भवन निर्माण कार्यमा समेत सहयोग गर्ने बताए । यो संस्थाले जति सक्दो आफ्नो पालिका भित्रका हरेका बेरोजगार युवाहरुलाई रोजगारी दिन सफल होस भन्दै शुभकामना व्यक्त गरे ।

यस्तै विशिष्ट अतिथि वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बिकले जसरी यो संस्थाले बर्दगोरियामा आफ्नो केन्द्रिय कार्यालय बनाउन सफल भएको छ । त्यसरी नै आगामी दिनहरुमा देशव्यापी रुपमा आफ्नो कार्यालय स्थापना गरोस र उक्त कार्यमा आफ्नो वडा कार्यालय तथा आफ्नो व्यक्तिगत तर्फबाट कुनै पनि समयमा सहयोग चाहिएमा सहकार्य गर्न समेत अनुरोध गरे ।

यस्तै कार्यक्रममा बर्दगोरिया गाउँपालिका कार्यपालिका सदस्य सरस्वती बिक, मिरा आले, साहारा घरका संस्थापक बल बहादुर विष्ट, नवलपुर बालबाटिका बिद्या मन्दिरका संस्थापक प्रमोद मल्ल, समाजसेवी ध्वज बहादुर सुनार, भुमी प्रकाश बम लगाएतका व्यक्तिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

यस्तै कार्यक्रम साहारा घरका संस्थापक बल बहादुर बिष्टलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।

कार्यक्रमको समापन गर्दै नयाँ आधार नेपालका संस्थापक अध्यक्ष बालकुमारी सुनारले आफ्नो भर्खरै जन्म भएको संस्थालाई थप हौसलाका सहित उर्जा दिलाउन आफ्नो निम्तोलाई सहजै स्वकार गर्दै आउनु भएका मा सम्पूर्ण अतिथि हरुमा धन्यवाद व्यक्त गर्दै आफुले आफ्नो संस्था लाई बर्दगोरियामा केन्द्रिय कार्यालयको रुपमा स्थापन गर्न प्रत्येक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्ण सहयोगीहरुमा धन्यवाद व्यक्त गरिन ।

स्वागत मन्तव्य संस्थाकि सदस्य सुशीला सुनार गरेकी थिइन भने कार्यक्रमको संचालन रेखा सुनारले गरिकी थिइन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार