सुदुरपश्चिम विशेष

बर्दगोरिया ६ मा माघी मेला व्यवस्थापनका लागि समिति गठन, अध्यक्षमा सीप प्रसाद डंगौरा

बर्दगोरिया ६ मा माघी मेला व्यवस्थापनका लागि समिति गठन, अध्यक्षमा सीप प्रसाद डंगौरा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा माघी मेला सम्बन्धि व्यवस्थापन समिति गठन गरिएको छ । शुक्रबार वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुको अध्यक्षतामा भएको भेला बाट माघी मेला संचालनका लागि समिती गठन गरिएको हो । जसको अध्यक्षमा सीप प्रसाद डगौरा सर्वसम्मत चयन भएका हुन । चौधरीको अध्यक्षतामा ११ सदस्यीय कमिटी समेत गठ्न गरिएको छ । जसको सचीवमा दिपेन्द्र बोहरा, सचीवमा कुमारी चौधरी चयन भएका हुन । उक्त समिति माघी मेला संचालनको लागि मात्र गठ्न गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले जानकारी दिए । यस्तै सोही भेला बाट मोहन्याल आधारभुत बिधालय…
पुरा पढ्नुहाेस्
बर्दगोरियाले लगायो प्लाष्टिकका माला बिक्री कार्यमा प्रतिबन्ध

बर्दगोरियाले लगायो प्लाष्टिकका माला बिक्री कार्यमा प्रतिबन्ध

कैलाली । कैलालीको बर्दगोरियामा नेपालीहरुको दोस्रो महान चाड तिहार लाई लक्ष्यित गर्दै बजारमा ल्याइएका प्लाष्टिकका माला बिक्री गर्न नपाइने भएको छ । बर्दगोरिया गाउँपालिकाले आज एक सूचना जारी गर्दै उक्त प्लाष्टिकका माला बिक्री गर्न नपाइने जनाएको हो । नजिकिदै आईरहेको नेपालीहरुको महानचाड तिहार, छठ जस्ता चाडपर्वहरुमा प्लाष्टिकजन्य फूलमाला तथा पटाकाजन्य विष्फोटक पदार्थहरुको उत्पादन, आयात, विक्रिवितरण र भण्डारण नगर्न नगराउन हुन सवैमा अनुरोध छ। हेर्नुस सूचना ... उपर्युक्त सम्बन्धमा नेपाल सरकारले वातावरण संरक्षण ऐन २०५६ को दफा १५ (२) ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सूचना अनुसार प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन आयात विक्रि वितरण वा भण्डारण गर्न पूर्णरुपले रोक लगाउने निर्णय गरेको…
पुरा पढ्नुहाेस्
भूकम्प पीडितलाई मोहन्याल गाउँपालिकाले साढे १३ लाख रुपैयाँ सहयोग दिने

भूकम्प पीडितलाई मोहन्याल गाउँपालिकाले साढे १३ लाख रुपैयाँ सहयोग दिने

बौनिया । कैलालीको मोहन्याल गाउँपालिकाले भूकम्प पीडितलाई साढे १३ लाख रुपैयाँ सहयोग दिने भएको छ । जाजरकोट जिल्लालाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको घटना प्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले राहत स्वरुप साढे १३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय (हिमशिखरे) जानकारी दिएका छन । उनले भने - 'हामीले आआफ्नो दैनिकी तलबभत्ता बाट केही रकम कटौती गरी उक्त दुःख घटनामा रहेका व्यक्ति हरुलाई सहयोग गर्दै छौं । जसमा गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो १० दिनको, अधिकृत स्तरको कर्मचारीले ५ दिनको र सहायक तथा सहयोगी कर्मचारीले आफ्नो ३ दिन बराबरको र माध्यमिक तहका शिक्षकहरुले…
पुरा पढ्नुहाेस्
सानिमा बैंक बौनिया शाखाद्वारा २ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

सानिमा बैंक बौनिया शाखाद्वारा २ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण

बर्दगोरिया । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेको सानिमा बैंकले सामुदायिक विद्यालयमा अध्यनरत २ जना विद्यार्थीलाई एक बर्षको करिब १ लाख रुपैयाँको छात्रवृत्ति वितरण गरेको छ । बर्दगोरियामा १७ वटा सामुदायिक विद्यालय छन् । ती मध्ये चार वटा उच्च माध्यामिक विद्यालय छन् । जसबाट ९ जना विद्यार्थीले छात्रवृत्तिका लागि आबेदन दिएका थिए । तिनै सामुदायिक बिधालयमा अध्ययनरत छात्रा , दलित र जेहेन्दार बिद्यार्थी लाई छात्रवृत्ति उपलव्ध गराइएको हो । महुन्याल माध्यामिक बिधालय कक्षा ११ मा अध्यनरत छात्रा उर्मिला देवकोटा र बालकन्या माध्यमिक बिधालयमा अध्यनरत आरती कुँवर दुबै जनालाई कक्षा ११ अध्यनका लागी पचास हजार र कक्षा १२ अध्यनका लागि पचास हजार…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-५ मा वडा स्तरीय फुटबल प्रतियोगिता २०८० हुने

बर्दगोरिया-५ मा वडा स्तरीय फुटबल प्रतियोगिता २०८० हुने

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा वडा स्तरीय फुटबल प्रतियोगिता २०८० हुने भएको छ । वडा नम्बर ५ मा रहेको सहयोगी बेलुवा युवा क्लबको आयोजनामा उक्त वडा स्तरीय फुटबल प्रतियोगिता २०८० हुने भएको हो । गत वर्षदेखि वडा स्तरीय फुटबल प्रतियोगिता गर्दै आएको आयोजक सहयोगी बेलुवा युवा क्लबले यसवर्ष पनि प्रतियोगितालाई निरन्तरता दिन लागिएको जनाएको छ । युवाहरूमा सामाजिक एकता, न्याय सभ्यता र व्यक्तितब विकास गरि सामाजिक उत्तरदायित्वको बोध गराउने र स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष महेश रावलले जानकारी दिए । प्रतियोगितामा सहभागी हुन चाहाने टीमले यही कात्तिक १२ गतेदेखि टीम दर्ता…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-४ मा दशैको अवसरमा बृहत देउडा खेल सम्पन्न

बर्दगोरिया-४ मा दशैको अवसरमा बृहत देउडा खेल सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा दशैको अवसरमा बृहत देउडा खेल खेलिएको छ । विहिवार श्री नवदुर्गा कालिका मन्दिर सुन्दरपुरको आयोजना मा उक्त देउडा खेल सम्पन्न भएको नव दुर्गा कालिका मन्दिरका अध्यक्ष जंग बहादुर विश्वकर्माले बताए । उनले भने - 'हामीले हरेक वर्ष असोज शुक्ल पक्षको त्रयोदशी दिन आफ्नो परम्परागत रीतिरिवाज अन्तर्गत नव दुर्गामातालाई राँगाको बलि चढाउने गर्ने गर्छौ । उक्त परम्परागत अनुसार आज पनि हामीले नव दुर्गामातालाई राँगाको बलि चढाएका हौं । सोही कार्यक्रमको अवसर पारी आज दिनभर वृहत् देउडा खेलको समएत आयोजना गरेका हौं । हाम्रा पुर्खाले हामीलाई हस्तान्तरण गरेको परम्परागत रीतिरिवाज लाई जगेर्ना गर्नुका…
पुरा पढ्नुहाेस्
बौनिया जेसीज र जुनकीरी नेपालको संयुक्त आयोजनामा बजार सरसफाइ (फोटो फिचर)

बौनिया जेसीज र जुनकीरी नेपालको संयुक्त आयोजनामा बजार सरसफाइ (फोटो फिचर)

बर्दगोरिया । बिजया दशमीको अवसरमा बौनिया जेसीज र जुनकीरी नेपालले आफ्नो संयुक्त आयोजनामा बजार बौनिया बजार सरसफाइ गरेको छ । शनिबार बिजया दशमीको अवसर पारी बौनिया बजार सरसफाइ गरेको बौनिया जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी चक्र बहादुर शाहीले जानकारी दिए। शाहीले भने- ' हामीले विशेष गरि चाडपर्वलाई लक्ष्यित गर्दै आज बजार फोहोर सरसफाइ गरेका हौँ । यस कार्यमा स्थानीय सरकार, बजार व्यवस्थापन समिती, बजारका व्यापारी, रेडक्रस नेपाल, स्थानीय विद्यालयका स्काउट विद्यार्थीहरु, ईलाका प्रहरी कार्यालय सडकपुर बौनिया र अस्थायी ट्राफिक पोष्ट बौनियाको आफुहरुले निकै सहयोग पाएको छौँ । हामीले एक पहल कदम मात्र चालेका हौ । बजार सरसफाइ विशेषगरी यहाँका…
पुरा पढ्नुहाेस्
चाडपर्व लाई लक्ष्यित गर्दै बर्दगोरिया-६ ले सरसफाइ

चाडपर्व लाई लक्ष्यित गर्दै बर्दगोरिया-६ ले सरसफाइ

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ ले बडा दशैको अवसर पारी वडा कार्यालय वरिपरि सरसफाइ गरिएको छ । 'स्वच्छ गाउँ, सबै मिलि फोहोर हटाउ' भन्ने उदेश्यका साथ शुक्रबार जनप्रतिनिधि र वडामा कार्यरत कर्मचारीहरुको संयुक्त टोलीले वडा कार्यालय तथा कार्यालय परिसर क्षेत्र वरपर सडक छेउछाउमा झाडी सरसफाइ गरेको वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले बताए । शनिबारदेखि लामो दिनसम्म कार्यालय बन्द हुने भएको हुँदा बातारणिय सरसफाइ राख्नको उक्त सरसफाइ कार्यक्रमको आयोजना गरेको अध्यक्ष डगौराले बताए । यसका साथै अध्यक्ष डगौराले भने - सके सम्म हामीले जथाभावी फोहोर गर्नु हुन, यदि फोहोर गरिहालेमा आफ्नो फोहोर आफै सफा…
पुरा पढ्नुहाेस्
बर्दगोरिया ६ मा व्यवसायीक कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण

बर्दगोरिया ६ मा व्यवसायीक कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ ले व्यवसायिक कृषकहरूलाई कृषि सामाग्री हस्तान्तरण गरेको छ । शुक्रबार वडाले वडा मा दर्ता भइ व्यवसायीक रुपमा कृषि पेशामा आवद्ध कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण गरेको हो । जसमा १ क्रेट, २ पाकेट पोषण र १ पाकेट जिङ्क हस्तान्तरण गरेको हो । विशेष गरी तरकारी वालिमा कुनै पनि प्रकारको रोगले आक्रमण नगरुन र तरकारी बालीको उत्पादन राम्रो होस भन्ने उद्देश्यका साथ उक्त औषधि वितरण गरेको वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले बताए ।
पुरा पढ्नुहाेस्
दानविर सामुदायिक वन उ. समुहको ५ औं र छैटौं समाजिक लेखा परिक्षण सार्वजनिक

दानविर सामुदायिक वन उ. समुहको ५ औं र छैटौं समाजिक लेखा परिक्षण सार्वजनिक

बर्दगोरिया । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ मा रहेको श्री दानविर सामुदायिक वन उपभोक्ता समुहले आफ्नो सामाजिक लेखा परिक्षण सार्वजनिक गरेको छ । बिहिवार गाउँपालिका उपाध्यक्ष कमल साउदको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामुदायिक वनले आफ्नो ५ औं र छैटौं समाजिक लेखा परिक्षण सार्वजनिक गरेको हो। कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ को २ करोड ६६ लाख २२ हजार ३ सय ६६ आय, २ लाख ५४ हजार ८ सय ५५ व्यय । यस्तै आर्थिक वर्ष २०७८/०७९ को २६ लाख ८४ हजार ५ सय ६७ को आय, १० लाख ९४ हजार ५ सय ६० व्याय, र आर्थिक वर्ष २०७९/०८० को १२ लाख ६४,०००…
पुरा पढ्नुहाेस्