सुदुरपश्चिम विशेष

नोवेल माद्यामिक बिद्यालयले मनायो अक्षरारम्भ गराउदै सरस्वती पूजा (फोटो फिचर)

नोवेल माद्यामिक बिद्यालयले मनायो अक्षरारम्भ गराउदै सरस्वती पूजा (फोटो फिचर)

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको नोवेल माद्यामिक बिद्यालयले अक्षरारम्भ गर्दै विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी सरस्वती पूजा मनाएको छ। हरेको वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यस दिनलाई नोवेल माद्यामिक बिद्यालयले पनि विगत दिन जस्तै यस वर्ष पनि अक्षरारम्भ गर्दै विद्याकी देवी सरस्वतीको पूजा-आराधना गरी सरस्वती पूजा मनाएको हो। बिद्यालयका प्रिन्सिपल राजेन्द्र भट्टका अनुसार अत्यधिक मात्रामा सना बालबालिकाहरुलाई अक्षरारम्भ गराइएको थियो। यस उत्सवलाई वसन्त ऋतुको शुरूआत पनि मानिन्छ। त्यसैले यसलाई वसन्त पञ्चमी समेत भन्ने गरिन्छ भनिन्छ । यस दिनमा विद्यार्थीले सरस्वतीको पूजा गरेमा पढाइमा सफलता मिल्ने धार्मिक विश्वास छ। सरस्वतीलाई ज्ञान, संगीत, कला र साहित्यकी…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिकाको १३ औं हिउँदे गाउँ सभा सम्पन्न

बर्दगोरिया गाउँपालिकाको १३ औं हिउँदे गाउँ सभा सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाको १३औ गाउँ सभा तथा हिउँदे अधिवेशनको सोमबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरको अध्यक्षतामा भएको सभामा चालू आर्थिक वर्ष २०८०/०८१ को निति ,कार्यक्रम तथा बजेटअनुसार पौष मसान्तसम्म भए गरेका कामहरुको समिक्षा तथा अब सम्पन्न गरिने कामहरुको बारेमा छलफल, बजेट रकमान्तर, बजेट विवरण हेरफेर लगायतका बारेमा छलफल भएको छ ।गाउँ सभामा गाउँपालिकाले प्रवाह गरेको सेवाको अवस्था, गुणस्तर र चुनौतीहरूको बारेमा प्रमुख प्रशासकिय अधिकृत प्रकाश ढुंगानाले प्रकाश पार्नु भएको थियो । सभामा गाउँपालिका उपाध्यक्ष गणेश राज गिरिले पालिकाको १२ औ गाउँ सभाबाट बिनियोजित भएका योजना तथा कार्यक्रमहरु मध्ये ४० प्रतिशत योजना तथा कार्यक्रमहरुको कार्य…
पुरा पढ्नुहाेस्
घोडाघोडीमा कुकुर बन्ध्याकरण सम्बन्धी ३ दिने शिविर शुरु

घोडाघोडीमा कुकुर बन्ध्याकरण सम्बन्धी ३ दिने शिविर शुरु

सुखड । कैलालीको घोडाघोडी नगरपालिकामा नि:शुल्क कुकुरहरूलाई बन्ध्याकरण सम्बन्धी ३ दिने शिविर सञ्चालन गरिएको छ । नगरपालिका वडा नम्बर २ स्थित साडेपानिमा  रेबिज रोग नियन्त्रणका लागी छाडा तथा सामुदायिक (भाले,पोथी) कुकुरहरूलाई बन्ध्याकरण सम्बन्धी ३ दिने शिविर सञ्चालन गरिएको हो । घोडाघोडी नगरपालिका पशु सेवा शाखाको आयोजना उक्त ३ दिने (भाले,पोथी) कुकुरहरूलाई बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो । नगरपालिका पशु सेवा शाखाको आर्थिक वर्ष २०८०/०८१ वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सामुदायिक कुकुर बन्ध्याकरण गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको पशु सेवा शाखाका पशु स्वास्थ्य प्राविधिक मनोज बहादुर आचार्यले जानकारी दिए । नेपाल सरकारको पशु ऐन अनुसार कुनै पनि पशुलाई मार्न नपाइने भएकाले समुदायमा…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-१ मा नि:शुल्क हिउँदे मकैको बिउ वितरण

बर्दगोरिया-१ मा नि:शुल्क हिउँदे मकैको बिउ वितरण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का कृषक समुहलाई निशुल्क हिउँदे (बसन्ते) मकैको बिउ वितरण गरिएको छ । पालिकाको कृषि विकास शाखाको समन्वयमा वडा नम्बर १ को कार्यालयले आइतबार निशुल्क रूपमा हिउँदे (बसन्ते) मकैको बिउँ वितरण गरेको हो । वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम र कृषि शाखा प्रमुख झङ्कर रावतले कृषक समुहलाई बिउँ वितरण गरेका थिए । कार्यक्रममा वडा नम्बर १ कि वडा सदस्य सरस्वती विक,वडा सचिब अशोक भण्डारी लगाएतको उपस्थिति रहेको थियो । खाद्यान्न बाली मध्ये दोस्रो बालीको रुपमा रहेको मकै खेतीतर्फ कृषकहरुलाई आकर्षित गर्न र बढी भन्दा बढी मकै उत्पादन गरी कृषकहरुको आर्थिक…
पुरा पढ्नुहाेस्
कैलाली ज्ञान ज्योति इङ्गलिस बोर्डिङ स्कुलको १४ औं वार्षिक उत्सब

कैलाली ज्ञान ज्योति इङ्गलिस बोर्डिङ स्कुलको १४ औं वार्षिक उत्सब

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री कैलाली ज्ञान ज्योति इङ्गलिस बोर्डिङ स्कुलको १४ औ वार्षिक उत्सब तथा अभिभावक दिवस २०८० आज सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर सिंह भण्डारीको सभापतित्वमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भोलीराम चौधरी रहेका थिए । यस्तै विशिष्ट अतिथि वडा नम्बर ५ का वडा सदस्य नैन बहादुर चौधरी रहेका थिए । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट सम्बोधन गर्दै बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भोलीराम चौधरीले सहर बजार तिर रहेका बिधालय जस्तै गाउँ तिर रहेका बिधालय पनि विभिन्न…
पुरा पढ्नुहाेस्
नमुना ग्रामीण विद्युत स.संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न

नमुना ग्रामीण विद्युत स.संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न

बर्दगोरिया । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको नमुना ग्रामीण विद्युत सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष भिम बहादुर जपालिको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाही रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी शाहिले वडा नम्बर ४ को बिकास र समृद्धिका लागी आफू दिनरात नभनी निरन्तर लागी रहेको बताए । कसैको गुनासो या सुझाव भए आफुलाई आएर भन्न आग्रह गर्दै सामाजिक संजालको दुरुपयोग नगर्न र वडा नम्बर ४ लाई सामाजिक संजालमा बदनाम नग्रन समग्र वडा बासी युवाहरुमा अपिल…
पुरा पढ्नुहाेस्
प्रथम वडा अध्यक्ष कप प्रतियोगिता२०८० बर्दगोरिया ५ मा सम्पन्न

प्रथम वडा अध्यक्ष कप प्रतियोगिता२०८० बर्दगोरिया ५ मा सम्पन्न

बर्दगोरिया । "स्वास्थ्यको लागि  खेलकुद  राष्ट्रको लागि खेलकुद" भन्ने मुल नाराका साथ कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा प्रथम वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८० को शुक्रबार  सम्पन्न भएकाे छ । श्री जनता आधारभुत विद्यालय व्यवस्थापन अध्यक्ष  राम चन्द्र कठरियाकाे अध्यक्षता र बर्दगोरिया गाउँपालिका वडा न ५ का वडा अध्यक्ष भोलेराम चौधरीको प्रमुख आतिथ्यता एव वडा सदस्य सोनिया देवि डगौराको विशिष्ट आतिथ्यमा उक्त कार्यक्रम शुक्रबार सम्पन्न भएकाे हाे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथीको वडा अध्यक्ष भोलेराम चौधरीले आफुले निर्वाचन पश्चात्  स्थानीय स्तरमा खेलकुदको पहुचमा अभिवृद्धि  गर्ने विद्यार्थीहरु लाई शैक्षिक क्षेत्रमा मात्र नभएर खेलकुदको माध्यम बाट शारीरिक तथा मानसिक…
पुरा पढ्नुहाेस्
त्रिविले उल्ट्यायो आफैले गरेको निर्णय दुईदिन नबित्दै

त्रिविले उल्ट्यायो आफैले गरेको निर्णय दुईदिन नबित्दै

कैलाली ।  यही माघ २३ गते मंगलबार त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह व्यवस्थापन सङ्काय चौथो सत्रान्तको परीक्षा केन्द्र सार्वजनिक गर्यो । दुई दिन नबित्दै सो केन्द्र सच्चाइएको अर्को सूचना जारी गर्यो । सच्याइएको केन्द्रमा कैलालीको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको परीक्षा केन्द्र सोही नगरपालिकाको सुखडमा रहेको राष्ट्रिय कलेज सारियो । ५ सय मिटरको समेत दूरी छैन यी दुई क्याम्पस बिच । तर त्रिविलाई के त्यस्तो आपत आइपर्यो र आफै गरेको निर्णय दुई दिन नबित्दै उल्टाउनु पर्यो ।   दुई क्याम्पस बिच खिचातानी “आज घोडाघोडी बहुमुखी क्याम्पसमा राष्ट्रिय योजना आयोगका सदस्य डा.राम फुयाल आएछन । के स्थानीय दल नचाहिने रहेछ त ? घोडाघोडी बहुमुखी क्याम्पसको हिसाब काठमाडौंमा…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ मा कार्यरत सेवा निवृत्त गगन सिंह विष्टको बिदाइ

बर्दगोरिया-६ मा कार्यरत सेवा निवृत्त गगन सिंह विष्टको बिदाइ

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा कार्यरत गगन विष्ट को बिदाइ गरिएको छ । बि.स २०४६ साल देखि नेपाल सरकारको नीति अनुसार करार मार्फत राष्ट्रिय सेवक कर्मचारी हुँदै हाल वडा नम्बर ६ को कार्यालयमा कार्यरत सेवा निवृत गगन सिंह बिष्ट को आज एक भव्य कार्यक्रमका बीच वडा नम्बर ६ ले बिदाइ गरिएको हो । उनले नेपाल सरकारको नीति अनुसार आफ्नो कार्यकाल रहेसम्म निडर्ता पुर्वक, निस्वार्थ, कर्तव्य निष्ट भइ आफ्नो दायित्व निर्वाह गरेको र राष्ट्र सेवक कर्मचारी हुँदै राष्ट्रका लागि दिएको अमुल्य योगदानको उच्च मुल्यांकन गर्दै आज बिदाइ कार्यक्रमको आयोजना गरेको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडा…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा प्रथम जिल्ला स्तरीय फुटबल प्रतियोगिता मङ्सिर ८ गतेबाट, विजेतालाई २ लाख

बर्दगोरियामा प्रथम जिल्ला स्तरीय फुटबल प्रतियोगिता मङ्सिर ८ गतेबाट, विजेतालाई २ लाख

कैलाली । कैलालीको बर्दगोरियामा जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । आज बैनियामा आयोजक बर्दगोरिया स्पोर्टस एन्ड इभेन्टले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराइएको हो । प्रतियोगिता आगामी मङ्सिर ८ गते देखी १५ गते सम्म हुने छ । विजेताले २ लाख नगद, ट्रफि,र प्रमाण पत्र पाउने छन् । त्यसै गरि उप९विजेतालाई १ लाख ५ हजार नगद, ट्रफि,र प्रमाण पत्र दिने जनाइएको छ । सर्वोत्कृष्ट खेलाडीलाई २० हजार,उत्कृष्ट गोलक रक्षक,उत्कृष्ट गोलकर्ता,उत्कृष्ट डिफेन्डर र उदयमान खेलाडीको लागि १५ हजार नगद, ट्रफि,र प्रमाण पत्र दिने बताइएको छ । कैलाली जिल्लाका १३ स्थानीय तहबाट करिब ३९ टिम सहभागी हुने अध्यक्ष प्रमोद…
पुरा पढ्नुहाेस्