बौनिया जेसीज र जुनकीरी नेपालको संयुक्त आयोजनामा बजार सरसफाइ (फोटो फिचर)
बर्दगोरिया । बिजया दशमीको अवसरमा बौनिया जेसीज र जुनकीरी नेपालले आफ्नो संयुक्त आयोजनामा बजार बौनिया बजार सरसफाइ गरेको छ । शनिबार बिजया दशमीको अवसर पारी बौनिया बजार सरसफाइ गरेको बौनिया जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी चक्र बहादुर शाहीले जानकारी दिए। शाहीले भने- ' हामीले विशेष गरि चाडपर्वलाई लक्ष्यित गर्दै आज बजार फोहोर सरसफाइ गरेका हौँ । यस कार्यमा स्थानीय सरकार, बजार व्यवस्थापन समिती, बजारका व्यापारी, रेडक्रस नेपाल, स्थानीय विद्यालयका स्काउट विद्यार्थीहरु, ईलाका प्रहरी कार्यालय सडकपुर बौनिया र अस्थायी ट्राफिक पोष्ट बौनियाको आफुहरुले निकै सहयोग पाएको छौँ । हामीले एक पहल कदम मात्र चालेका हौ । बजार सरसफाइ विशेषगरी यहाँका…


















