बौनिया जेसीज र जुनकीरी नेपालको संयुक्त आयोजनामा बजार सरसफाइ (फोटो फिचर)

बर्दगोरिया । बिजया दशमीको अवसरमा बौनिया जेसीज र जुनकीरी नेपालले आफ्नो संयुक्त आयोजनामा बजार बौनिया बजार सरसफाइ गरेको छ ।

शनिबार बिजया दशमीको अवसर पारी बौनिया बजार सरसफाइ गरेको बौनिया जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी चक्र बहादुर शाहीले जानकारी दिए।

शाहीले भने- ‘ हामीले विशेष गरि चाडपर्वलाई लक्ष्यित गर्दै आज बजार फोहोर सरसफाइ गरेका हौँ । यस कार्यमा स्थानीय सरकार, बजार व्यवस्थापन समिती, बजारका व्यापारी, रेडक्रस नेपाल, स्थानीय विद्यालयका स्काउट विद्यार्थीहरु, ईलाका प्रहरी कार्यालय सडकपुर बौनिया र अस्थायी ट्राफिक पोष्ट बौनियाको आफुहरुले निकै सहयोग पाएको छौँ । हामीले एक पहल कदम मात्र चालेका हौ । बजार सरसफाइ विशेषगरी यहाँका स्थानीय व्यापारी हरुको निकै ठुलो भुमिका रहने छ । उहाँहरुले हामीले चालेको सामान्य पहल कदमलाई सधै निरन्तरता दिदै आफ्नो बजार आफै सफासुग्घर राखौं गर्नु हुने छ् भन्ने कुरामा हामी विश्वस्त छौ । विशेष गरी भन्ने हो भने बौनिया जेसीजले आफ्नो स्थापनाकालदेखि विभिन्न सामाजिक कार्यमा अगाडि देखिने गर्छ । जस मध्ये सरसफाइ पनि एक हो । सोही अनुसार आज बौनिया जेसीजले आज बजार सरसफाइ कार्यक्रमको आयोजना गरेको हो । यो कार्यमा यस वर्ष जुनकीरी नेपालले पनि आफुहरु सङ्ग सहकार्य गर्दै बजार सरसफाइ कार्यक्रममा सहयोग गरेको मा धन्यवाद व्यक्त गर्दै । आगामी दिनहरूमा जुनकीरी नेपाल सङ्ग को आफ्नो सहकार्य निरन्तर रहने बताए ।

यस्तै उक्त कार्यमा साथ सहयोग गरेको भन्दै जुनकीरी नेपालकी अध्यक्ष अपेक्षा रोकायाले बर्दगोरिया गाउँपालिका उपाध्यक्ष, वडा नम्बर १, २, ४ का वडा अध्यक्षहरुले विशेष धन्यवाद व्यक्त गरिन । आगामी दिनहरूमा पनि सम्पूर्ण सहयोगी मनहरुको सहयोग रहेनेको आशावादी रहेको बताइन् ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार