श्री महुन्याल मा.वि.ले गर्‍यो आ.व २०७९/८० को सामाजिक लेखा परीक्षण सार्वजनिक

मुडा । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ बास्कोटीमा रहेको श्री महुन्याल माध्यमिक विद्यालयको आर्थिक वर्ष २०७९/८० को सामाजिक लेखा परीक्षण सार्बजनिक गरिएको छ ।

शुक्रबार शिक्षक अभिभावक संघका अध्यक्ष विनोद कुमार चौधरीको सभाध्यतामा सामाजिक लेखा परीक्षण सार्बजनिक गरिएको हो ।

विद्यालयकि प्रधानाध्यापक चन्द्रीका जोशीले स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रम व्यवस्थापन समिति अध्यक्ष धिरिन्द्रा जैशीको विद्यालयको पछिल्लो अव्यवस्था बारेमा अभिभावक लाई जानकारी गराउदै, यस विद्यालयलाई नमुना विद्यालय बनाउन सबै अभिभावकको अमुल्य भुमिका रहने बताइन् । विद्यालयमा आफ्ना बालबालिकालाई पढन पठाएर माय्र हुँदैन, विद्यालयले कस्तो तरिकाले आफ्ना बालबालिकालाई अध्यापन गराउदै छ्न । उनीहरू नियमित रुपमा विद्यालय आउछ्न की आउदैन, अध्ययन शिक्षालाई कसरी गुणस्तरीय बनाउने भन्ने कुरामा पनि सबै अभिभावकको ध्यान जान जरुरी हुने गर्छ ।

कार्यक्रममा बर्दगोरिया गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नन्दाकुमारी भट्ट विशिष्ट अथिति रहनुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै भट्टले महुन्याल मा.वि.लाई यस क्षेत्रकै नमूना विद्यालयका रूपमा स्थापित गर्नका लागि यहाँका समाजसेवी, बुद्धिजीवी, राजनीतिक दल, शिक्षक शिक्षिका तथा अभिभावकहरु विशेष सहयोग र साथ अपरिहार्य भएको बताउनुभयो । उहाँले अभिभावकलाई आफ्नो ठाउँको विद्यालय र विद्यार्थीको अवस्थाप्रति सदैव गम्भीर हुन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा विद्यालयकि प्रधानाध्यापक चन्द्रीका जोशीले सामुदायिक विद्यालय महुन्याल मा.वि.लाई प्राविधिक धारसङ्गै अगाडि बढाएर दक्ष जनशक्ति उत्पादनमा समेत विद्यालयले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । उहाँले शिक्षक, अभिभावक, विद्यार्थी सबैको सहयोग र हातेमालोबाट विद्यालयको गुणस्तर माथी उकास्न सकिने हुँदा यसप्रति सचेत रहन सुझाव समेत दिनुभयो ।

कार्यक्रममा विद्यालयका शिक्षक पुष्कर सुनारले आर्थिक वर्ष २०७९/८० को २ करोड ३० लाख ४१ हजार ९३४ रुपैयाँ बराबरको आय र२ करोड २३ लाख ६३ हजार ४३५ रुपैयाँ व्यय विवरण सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार