मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रम अन्तरगत दोदोधरा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

बर्दगोरिया । बैशाख १५ गते उद्घाटन भएको १५ सैया दोदोधरा अस्पतालमालाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले करिब १ करोड बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ ।

नव निर्मित १५ शैया दोदोधरा अस्पताललाई आवश्यक स्वास्थ्य सामाग्री मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रम अन्तरगत सहयोग गरेको गरिएको हो ।

दोदोधरा अस्पतालमा सेवा लिनेको चाप बढ्न थालेको कुरालाई मध्य नजर गर्दै थप सेवा प्रभावकारी बनाउने उद्देश्य अनुरुप आवश्यक ल्याब सामाग्री माग गरिएको थियो ।

पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले दोदोधरा अस्पताललाई थप प्रभावकारी बनाउन मुख्यमन्त्री संग अस्पताललाई आवश्यक पर्ने उपकरण ,औजार र औषधि माग गरे बमोजिम मुख्यमन्त्री स्वास्थ्य सुधार कार्यक्रम अन्तरगत बिहिबार करिब १ करोड बराबरको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले दोदोधरा अस्पताललाई सामाग्री हस्तान्तरण गरेको हो ।

यतिखेर सामुदायिक अस्पतालमा नागरिकको बढ्दो विश्वसनीयताका कारण दोदोधरा अस्पतालमा स्वास्थ्य सेवा लिनेहरु बढ्न थालेका हुन ।

जनतालाई घर आगनमा स्वास्थ्य सेवा पुगोस् भन्ने उद्देश्यले संचालन गरिएको १५ शैया दोदोधरा अस्पतालमा अझै आवश्यक पर्ने स्वास्थ्य सामाग्री ,औंषधी पालिकाबाट नभए प्रदेश सरकार र संघीय सरकार बाट माग गर्ने अध्यक्ष कुँवरले बताउनु भयो ।

पालिका अध्यक्ष कुँवरले भन्नुभयो यस क्षेत्रमा बसोबास गर्ने सबै जनताले अब उपरान्त स्वास्थ्य सेवा लिन अन्यत्र जान पर्दैन । हामि जनताको सेवा गर्न आएका हौ त्यसैले हामिले जनतालाई घराअगनमै सेवा पुगोस भन्ने उद्देश्य अनुरुप दोदोधरा अस्पतालमा अत्यावश्यक सेवा दिदै आएको बताउनु भयो ।

कार्यक्रममा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डाक्टर निरज अर्याल , सामाजिक बिकास मन्त्रालयक डाक्टर चेतराज जोशी , बर्दगोरिय्क गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की , बर्दगोरिया गाउँ सरकार का प्रबक्ता तथा वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम, वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क, स्वास्थ्य शाखाका मीन बहादुर धामी , दोदोधरा अस्पतालका डाक्टर तिर्थ ढुङ्गाना, बिराज मण्डल लगाएतको उपस्थिति रहेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार