दानविर सामुदायिक वन उ. समुहको ५ औं र छैटौं समाजिक लेखा परिक्षण सार्वजनिक

बर्दगोरिया । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ मा रहेको श्री दानविर सामुदायिक वन उपभोक्ता समुहले आफ्नो सामाजिक लेखा परिक्षण सार्वजनिक गरेको छ ।

बिहिवार गाउँपालिका उपाध्यक्ष कमल साउदको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सामुदायिक वनले आफ्नो ५ औं र छैटौं समाजिक लेखा परिक्षण सार्वजनिक गरेको हो।

कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ को २ करोड ६६ लाख २२ हजार ३ सय ६६ आय, २ लाख ५४ हजार ८ सय ५५ व्यय । यस्तै आर्थिक वर्ष २०७८/०७९ को २६ लाख ८४ हजार ५ सय ६७ को आय, १० लाख ९४ हजार ५ सय ६० व्याय, र आर्थिक वर्ष २०७९/०८० को १२ लाख ६४,००० को आय र २२ लाख ६१ हजार ३ सय ६४ व्याय विवरण प्रस्तुत गरिएको थियो ।

यस्तै आजनै कार्यक्रमका प्रमुख अतिथि कमल साउदले उक्त दानविर सामुदायिक वनको निर्मित भवनको उद्घाटन समेत गरेका हुन ।

वडा नम्बर १ का वडा अध्यक्ष पिरम बुढाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नैसरा पुन मगरले गरेकी थिइन ।

यस्तै सामुदायिक वनले आफ्नो पश्चिमेली कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यका साथ देउडा खेलको समेत आयोजना गरेको थियो । कार्यक्रममा देउडा कलाकार कृष्ण न्यौपाने र कल्पना खडकाको बेजोड घम्साघम्सी देउडा खेल भएको थियो।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार