कैलालीको भजनीमा करेन्ट लागेर एक जनको मृत्यु

कैलाली । कैलालीको भजनी नगरपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ।

मृत्यु हुनेमा नगरपालिका-४ बिजुलीयाका ४० वर्षीय खुसीराम चौधरी रहेका छ्न । उनको करेन्ट लागेर शुक्रवार साँझ मृत्यु भएको हो।

आफ्नै घरको पङ्खामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका चैधरीको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार