बर्दगोरिया ६ मा व्यवसायीक कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ ले व्यवसायिक कृषकहरूलाई कृषि सामाग्री हस्तान्तरण गरेको छ ।


शुक्रबार वडाले वडा मा दर्ता भइ व्यवसायीक रुपमा कृषि पेशामा आवद्ध कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण गरेको हो ।


जसमा १ क्रेट, २ पाकेट पोषण र १ पाकेट जिङ्क हस्तान्तरण गरेको हो । विशेष गरी तरकारी वालिमा कुनै पनि प्रकारको रोगले आक्रमण नगरुन र तरकारी बालीको उत्पादन राम्रो होस भन्ने उद्देश्यका साथ उक्त औषधि वितरण गरेको वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार