एमाले सुप अधिवेशन; कैलाली जिल्ला भुगोल तर्फ बाट सदस्यमा कर्ण बहादुर कुँवर अत्याधिक मत ल्याउदै विजयी

बर्दगोरिया । नेकपा एमाले सुदुरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट कैलाली जिल्ला भुगोल तर्फ बाट सदस्यमा कर्ण बहादुर कुँवर अत्याधिक मत ल्याउदै विजयी भएका छन ।

असोज २१ गते बाट सुरु भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशनमा कैलाली जिल्ला भुगोल तर्फ बाट सदस्यमा कुँवर अत्याधिक मत ल्याउदै विजयी भएका हुन ।

अधिवेशन करिब ६ दिन पछि शुक्रबार सम्पन्न भएको छ । उद्घाटन सत्र पश्चात् बन्द सत्रमा सहमति जुट्न नसक्दा बिहिवार भएको मतदानको नतिजा शुक्रबार सार्बजनिक भएको हो ।

जसमा नेकपा एमाले सुदुरपश्चिम प्रदेश अध्यक्षमा  कृष्ण प्रसाद जैशि सर्वसम्मत निर्वाचित भएका थिए । यसै गरि उपाध्यक्षमा काली बहादुर शाही, सचीवमा रण बहादुर चन्द, उप सचीवमा भागरथी बिष्ट , र नर बहादुर बि क निर्विरोध  निर्वाचित भएका हुन ।

बिहीवार कैलाली ,कंचनपुर र अछाम जिल्ला भुगोल तर्फ ,महिला, खुला सदस्य र दलित सदस्यका लागि निर्वाचन भएको थियो । यसका साथै बझाङ जिल्ला खुल्ला महिलाका लागि समेत बिहीबार निर्वाचन भएको हो ।

डोटी, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा र दार्चुलामा भने सर्वसम्मतको आधारमा सदस्य निर्वाचित भएका थिए ।

यसै गरि कैलाली जिल्ला भुगोल तर्फ बाट सदस्यमा अत्याधिक २६५ मतका साथ बर्दगोरिया गाउँपालिकाबाट कर्ण बहादुर कुँवर र १४५ मतका साथ भिम बहादुर कुँवर निर्वाचित भएका छन । कर्ण बहादुर कुँवरले जिल्ला बाट निर्वाचित भएका अरु १२ जना उम्मेदवार भन्दा करिब ६० मत बढी ल्याई बिजयी भएका हुन ।

बर्दगोरियाबाट प्रतिनिधि छनौट भएका ५ जनाले नै उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दिएका ५ जना मध्य कर्ण बहादुर कुँवर र भिम कुँवर निर्वाचित भएका हुन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार