मोतिपुर बघौरा बजार व्यवस्थापन समितिद्धारा इप्रका मोतिपुरलाई बोटबिरुवा वितरण

लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.२ मोतिपुरमा गठित मोतिपुर बघौरा बजार ब्यवस्थापन समितिले इलाका प्रहरी कार्यालय मोतिपुरलाई बोटबिरुवा बितरण छ ।

समिति गठन पश्चात विभिन्न सामाजिक कार्यमा अग्रसर हुँदै आएको मोतिपुर बघौरा बजार ब्यवस्थापन समितिले शनिवार प्रहरी दिवसको अवसर पारी इलाका प्रहरी कार्यालय मोतिपुरलाई फलफुल र फुलका बोटबिरुवाहरु बितरण गरेको हो ।

इलाका प्रहरी कार्यालयमा जादा केही मात्र बिरुवाहरु देखिए पनि आवश्यकता अनुसारका विभिन्न प्रजातीका बोटबिरुवाहरुको अभाव देखिएको हुँदा उक्त क्षेत्रमा रोप्नका लागि बोटबिरुवाहरु वितरण गरिएको बजार व्यवस्थापन समिति अध्यक्ष टीकाराम तिमिल्सेनाले जानकारी दिएका छन ।


गठन भएको छोटो समयमै आफ्नो क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बजार बनाउने उद्देश्य सहित बेलाबेलामा बजार सरफाई गर्नुका साथै फोहोर राख्ने रिङ आवश्यकता अनुसार राख्दै आएको छ ।

बोलीमा मात्र नभइ बजार क्षेत्रलाई सफा, स्वच्छ व्यवस्थित बनाउन र ब्यपारीका हकहितका लागि पैरब गर्न ब्यवहारीक रुपमै सदैब बजार ब्यवस्थापन समिति तयार रहेको अध्यक्ष तिमिल्सेना बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार