चाडपर्व लाई लक्ष्यित गर्दै बर्दगोरिया-६ ले सरसफाइ

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ ले बडा दशैको अवसर पारी वडा कार्यालय वरिपरि सरसफाइ गरिएको छ ।

‘स्वच्छ गाउँ, सबै मिलि फोहोर हटाउ’ भन्ने उदेश्यका साथ शुक्रबार जनप्रतिनिधि र वडामा कार्यरत कर्मचारीहरुको संयुक्त टोलीले वडा कार्यालय तथा कार्यालय परिसर क्षेत्र वरपर सडक छेउछाउमा झाडी सरसफाइ गरेको वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले बताए ।

शनिबारदेखि लामो दिनसम्म कार्यालय बन्द हुने भएको हुँदा बातारणिय सरसफाइ राख्नको उक्त सरसफाइ कार्यक्रमको आयोजना गरेको अध्यक्ष डगौराले बताए ।

यसका साथै अध्यक्ष डगौराले भने – सके सम्म हामीले जथाभावी फोहोर गर्नु हुन, यदि फोहोर गरिहालेमा आफ्नो फोहोर आफै सफा गर्ने बानी बसाल्नु पर्छ । त्यसैले सबैले आआफ्नो गाउँ टोल सफा राख्नु होला । फोहोरले गर्दा मानव जिवनमा विभिन्न खाले रोगले आक्रमण गर्छ । ति रोगलाई आक्रमण हुन नदिन सबैले आआफ्नो टोल, गाउँ सधै सफा राख्ने बानि बसाल्नुस ।

लागि वडा कार्यालय तथा कार्यालय परिसर क्षेत्र वरपर सडक छेउछाउमा झाडी सरसफाइ गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुले बताउनुभयो ।सरसफाई कार्यक्रममा वडा कार्यालयमा कार्यरत कर्मचारीको सहभागिता रहेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार